5 years ago
October 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा सुरु भएको महिला साफ यू १५ च्याम्पिनसिपमा नेपाली टोलीले कमजोर सुरुवात गरेको छ । नेपाली टोली पहिलो खेलमा बुधबार भारतसँग ४–१ ले पराजित भएको छ ।
एक पक्षिय खेलको पहिलो हाफमै नेपाल २–० ले पछाडि परेको थियो । भारतका लागि सुमिता कुरमाले सात मिनेटमा पहिलो गोल गरिन् । अर्को गोल ३८ औं मिनेटमा लेन्डा कोम सेर्तोले गोल थपिन् । दोस्रो हाफमा पनि नेपाली टोलीमाथि भारतले दबाब बनाइ राख्यो ।
प्रियंका सुजेश पोटेकाले ५५ औं मिनेटमा भारतका लागि तेस्रो गोल गरिन् । नेपालका लागि मनमाया धामीले ६२ औं मिनेटमा गोल फर्काएकी थिइन् । तर, लेन्डा कोम सेर्तोले ६६ औं मिनेटमा अर्को गोल गर्दै भारतको गोलअन्तरलाई पुनः बढाइन् ।
एक साता चल्ने च्याम्पियनसिपमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्नेछ । अर्को खेल आयोजक भुटानसँग आसोज २६ गते खेल्नेछ । राउन्ड रोविन लिग पछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल असोज २८ गते हुनेछ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]