6 years ago
October 13, 2019
एजेन्सी – इटाली अर्काे वर्ष पोर्चुगलमा आयोजना हुने युरोकप २०२० को लागि छनोट हुने दोस्रो टोली बनेको छ । यसअघि बेल्जियमले युरोकपको लागि छनोट हुने पहिलो टोली बनेको थियो ।
समूह ‘जे’ मा अपराजित रहेको इटालीले ७ खेलबाट २१ अंक जोड्दै शीर्षस्थानमा रहेर युरोकपको लागि छनोट हुन सफल भएको हो । इटालीले दोस्रो स्थानमा रहेको फिनल्यान्डलाई ९ अंकले पछि पारेको छ ।
समूहको सातौ चरणको खेलमा इटालीले शनिबार राति ग्रीसलाई २–० ले पराजित गरेको छ । इटालीको सहज जितका चेल्सीका मिडफिल्डर जर्गिन्हो र फेडरिको बेनारडेस्चीले गोल गरे । रोमामा घरेलु टोलीले ग्रीसलाई लगातार दवावमा राखेपनि पहिलो हाफमा गोल गर्न सकेको थिएन । तर, इटालीले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
इटालीलाई पहिलो गोलको लागि पेनाल्टी नै कुर्नुपरेको थियो । ६३औं मिनेटमा आन्द्रियस बौचालाकिसले पेनाल्टी बक्समा लोरेन्जो इनसिग्नेको प्रहारलाई सोझै हातले रोकेपछि रेफ्रीले इटालीलाई पेनाल्टीको मौका दिएको थियो । जसमा जर्गिन्हो चुकेनन् ।
७८औं मिनेटमा वैकल्पिक खेलाडी फेडरिको बेनारडेस्चीले गोल गर्दै इटालीलाई २–० को जित दिलाए । फेडरिको बेनारडेस्ची ३९औं मिनेटमा फेडरिको चिसाको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।
यही समूहको अर्काे खेलमा लिचेस्टाइन र अर्मेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अर्काे खेलमा बोस्निया हर्ज गोभिनाले फिनल्यान्डमाथि ४–१ को शानदार जित निकालेको छ । बोस्नियाको जितमा मिराल पिजानिकले २ तथा इजेट हाजरोभिक र अर्मिन होडजिकले समान १ गोल गरे ।
फिनल्यान्ड १२ अंकसहित दोस्रो स्थानमा छ । अर्मेनिया र बोस्नियाको समान १० अंक छ । ग्रीस ५ अंकसहित पाँचौ र लिचेस्टाइन २ अंक जोडेर पुछारमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]