10 years ago
June 13, 2016
दिपक बोहोरा ,पाँचथर
पाँचथरको फिदिममा २०७२ पौष २५ देखि माघ २ सम्म सञ्चालन भएको सातै फाल्गुनन्द गोल्डकपको आय/ ब्याय आयोजक फिदिम स्पोटिङ क्लबले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको छ । फिदिम स्थित होटल आ:जिमामा पत्रकारहरु र स्थानिय राजनितिक दलका प्रतिनिधिहरुका बिच क्लबका कोषाध्यक्ष बिमल श्रेष्ठले सार्वजनिक गरेका हुन ।
खेल सकिएको चार महिना पछि सार्वजनिक गरिएको प्रतिबेदनमा जम्मा रु.२१,८५,४३३ आम्दानि र जम्मा रु.२०,३०,९२१ खर्च भएको आयोजकले सार्वजनिक गरेकाछन । जसमा रु.१,५४,५२१ खुद नाफा भएको छ । एक हप्ता सम्म सञ्चालन भएको खेलमा टिकट बिक्रि बाट मात्रै रु. ९,२६,६७० आम्दानि भएको छ । यसलाई हेर्दा जिल्लामा फुटबल क्रेज धेरै रहेको अनुमान गर्न सकिन्छ ।
२०७२ पौष २५ देखि माघ २ सम्म सञ्चालन भएको खेलमा आयोजक सहित ८ टिमको सहभागिता रहेको थियो । प्रथम हुने टिमलाई १,११,१११ र द्धितिय हुने टिमलाइ ५५,५५५ रुपौया बितरण गरीएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]