default_image

4 years ago

October 13, 2019

ब्राजिल नाइजेरियासँग रोकियो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल अफ्रिकी मुलुक नाइजेरियासँग बराबरीमा रोकिएको छ । आइतबार साँझ भएको खेलमा ब्राजिल खेलमा पछि परेर पनि नाइजेरियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको १२औं मिनेटमा नेयमारलाई ह्यामस्ट्रिङका कारण गुमाएपछि ब्राजिलले सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । खेलको तेस्रो मिनेटमा रोवर्टाे फिर्मिनो गोलबाट चुक्दा […]

25 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल अफ्रिकी मुलुक नाइजेरियासँग बराबरीमा रोकिएको छ । आइतबार साँझ भएको खेलमा ब्राजिल खेलमा पछि परेर पनि नाइजेरियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको १२औं मिनेटमा नेयमारलाई ह्यामस्ट्रिङका कारण गुमाएपछि ब्राजिलले सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । खेलको तेस्रो मिनेटमा रोवर्टाे फिर्मिनो गोलबाट चुक्दा ब्राजिल अग्रता लिनबाट चुकेको थियो । १९औं मिनेटमा ब्राजिल आत्मघाती गोलबाट टरेको थियो ।

चुकविजीको क्रसलाई मार्किन्योसले पोस्ट नजिकैबाट क्लियर गरिदिएका थिए । २८औं मिनेटमा नाइजेरियाका गोलरक्षक फ्रान्सिस उजोहोले क्यासमिरोको प्रहारलाई बचाए । ३०औं मिनेटमा फिर्मिनो चुके । ३५औं मिनेटमा ब्राजिल १–० ले पछि प¥यो । नाइजेरियाका जोए एरिवोले मोसेस सिमोनको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काउन सफल भएको थियो । ४८औं मिनेटमा क्यासमिरोले बराबरी गोल फर्काए । ५६औं मिनेटमा जेससको प्रहार गोरक्षक उजोहोले विफल पारिदिए । ६०औं मिनेटमा क्यासमिरोको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्कदा ब्राजिल अग्रता लिनबाट चुक्यो ।

७५औं मिनेटमा ब्राजिलका बारबोसा चुक्यो । ८६औं मिनेटमा अजायीले रेनान लोडीको प्रहारलाई ब्लक गरिदिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.