default_image

10 years ago

June 13, 2016

आयरल्यान्ड र स्वीडेनले बराबरी खेले

137 views

0 Bookmark

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपको समूह इमा आयरल्यान्ड र स्वीडेनले १–१ को बराबरी खेलेका छन् । अल स्क्वारमा भएको खेलमा आयरल्यान्डले दोस्रो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्वीडेनसँग अंक बाड्नु परेको थियो ।

 आयरल्यान्डका क्लार्कले आफ्नै पोस्टमा हेड गरेको बल । स्वीडेनका इब्राहिमोभिचको क्रस लार्सनले भेट्नुअघि क्लार्कले हेड गरेका थिए ।


आयरल्यान्डका क्लार्कले आफ्नै पोस्टमा हेड गरेको बल । स्वीडेनका इब्राहिमोभिचको क्रस लार्सनले भेट्नुअघि क्लार्कले हेड गरेका थिए ।

दोस्रो हाफको तेस्रो मिनेटमा वेस्टी होलानले आयरल्यान्डलाई अग्रता दिलाएका थिए । सिमुस कालेमनले निकै मेहनत गरि निकालेको पासमा होलानले नजिकबाट गोल गरेका थिए । ७१ औं मिनेटमा केरन क्लार्कले बल रोक्न प्रयास गर्दा आत्मघाती गोल भएको थियो । कप्तान याल्टान इब्राहिमोविचले निकै मेहनतपछि सेबास्टियन लार्सनलाई क्रस निकाल्दिएका थिए । तर लार्सनले बल भेट्नुअघि नै क्लार्कले बल रोक्ने क्रममा आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।
ग्रुप अफ डेथ मानिएको समूह इको १२ः४५ मा सुरु हुने अर्को खेलमा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.