default_image

5 years ago

October 18, 2019

किरण भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आज भारत प्रस्थान गरेका छन् । कतार विश्वकप अन्तरगत दुई अवे खेलपछि नेपाली टोलीसँगै बिहीबार स्वदेश फर्किएको किरण आज त्यसतर्फ प्रस्थान गरेको हो । किरण यसै सिजन गत साउनमा भारतीय आइ लिग क्लब मिर्नेभा पन्जावमा आबद्ध भएका थिए । किरणको टोलीले प्रि–सिजन […]

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आज भारत प्रस्थान गरेका छन् । कतार विश्वकप अन्तरगत दुई अवे खेलपछि नेपाली टोलीसँगै बिहीबार स्वदेश फर्किएको किरण आज त्यसतर्फ प्रस्थान गरेको हो ।

किरण यसै सिजन गत साउनमा भारतीय आइ लिग क्लब मिर्नेभा पन्जावमा आबद्ध भएका थिए । किरणको टोलीले प्रि–सिजन टुरमा आज एफसी हैदरावादसँग खेल्दैछ । ‘क्लबले खेल्नुपर्ने भन्दैछ । रिजर्भ टिम चन्डिगढमा रहेको छ । होममा शनिबार पन्जावसँगको खेलका लागि दोस्रो रोजाईको खेलाडी राखेका छन् । हैदरावादमा पहिलो रोजाईको टोली रहेको छ ।’ किरणले भने, ‘धेरै लामो यात्रा र थकानका कारण खेल्न नसक्ने बताएपनि क्लबले कुनै विकल्प नरहेको र खेल्नै पर्ने बताएको छ । आजै खेल्ने नखेल्ने त्यही गएर थाहा हुने छ।’

आइ लिगको नयाँ सिजन शुरु नभएपनि टोली विगत एक महिनादेखि प्रि–सिजन इन्डियन टुर गरिहेको छ । प्रि सिजनकै लागि किरण अष्ट्रेलिया र जोर्डनको भ्रमण गर्नुअघि पनि भारत पुगेका थिए । किरणको टोलीले बैग्लुरु र एफसी गोवासँग खेलिसकेको छ ।

नेपाली टोलीका अर्काे सदस्य रोहित चन्द भने जोर्डनबाटै इन्डोनेसिया प्रस्थान गरेको छ । रोहित पछिल्लो तीन वर्षयता इन्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।अष्ट्रेलिया र जोर्डनविरुद्धको खेलमा कप्तान किरणले उच्च प्रदर्शन गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.