default_image

10 years ago

August 31, 2015

नेपाल र भारतको बिचको खेल गोलरहित बराबरीमा टुङ्गियो

197 views

0 Bookmark

नेपाल र भारतले सोमबारको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।  दुबै टोली गोल गर्नबाट पटक पटक चुकेका थिए ।

नेपाल र भारतको बिचको खेल गोलरहित बराबरीमा तुङियो

नेपाल र भारतको बिचको खेल गोलरहित बराबरीमा तुङियो

नेपाली टोलीको रक्षापक्ति र गोलकिपर किरण चेम्जोङ उच्च प्रदर्शन गरेपनि फरवार्डलाइन पुनः गोल गर्नबाट असफल भएको छ । नेपालले सबै खाले अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसकेको ८ खेल पुगिसकेको छ । दुई बर्षअघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले हराएयता नेपालले कुनै पनि खेलमा गोल गर्न सकेन ।

सोमबारको खेलमा पनि नेपाली टोलीले विपक्षी टोलीमाथि खासै आक्रमण गर्न सकेन । कप्तान सागर थापासहित सन्दीप राईको ठाँउमा खेलेका यु–१९ का अनन्त तामाङ, रोहित चन्द  सोही खेलमार्फत ५० क्याप जितेका विराज महर्जन, रविन श्रेष्ठको रक्षापक्तिले भारतीय फरवार्डहरुलाई ९० मिनेटसम्म रोक्न सफल भएका थिए । नेपाल र भारतले बराबरी खेलेको यो लगातार दोस्रो खेल हो । भारत र नेपालले खेलेको यो लगातार दोस्रो गोलरहित बराबरी हो । झन्डै ६ महिना अघि काठमाडौंमा भएको विश्वकप छनोटको दोस्रो लेगमा नेपाल र भारतले गोलरहित बराबरीमा चित्त बुझाएको थियो ।

गुहाटीमा भएको पहिलो लेगमा २–० को जितकै कारण भारतअहिले विश्वकप छनोट दोस्रो चरणमा पुगेको थियो । विश्वकप छनोटको दोस्रो चरणको तयारीकै सिलसिलामा भारतले नेपाललाई मैत्रीपूर्ण खेलको निम्तो दिएको हो । यता नेपालले मैत्रीपूर्ण खेललाई डिसेम्बरमा भारतमै हुने साफ च्याम्पियनसिपको तयारीका रुपमा लिएको छ ।

नेपाल र भारतबीच सोमबारको समेत गरि १८ खेल भइसकेको छ । जसमा नेपालले सन् १९९३ को छैटौं दक्षिण एसियाली खेलकुद (साफ) को फाइनलमा टाइब्रेकरमा जितेसहित ३ खेल आफ्नो पक्षमा पारेको थियो । ३ खेल बराबरीमा टुंगिएका थिए भने १२ खेल भारतले जितेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.