default_image

5 years ago

October 22, 2019

आर्सनल नव प्रवेशी सेफिल्डसँग स्तब्ध

एजेन्सी – लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा नव प्रवेशी सेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । आर्सनल घरेल टोलीसँग १–० ले स्तब्ध बनेको हो । सेफिल्डको जितमा लेस मोउसेटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खलेको ३०औं मिनेटमा गोल गरेका थिए । मोउसेटले ज्याक ओ कोनेलको कर्नरमा क्लोज रेन्जबाट गोल गर्दै […]

27 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा नव प्रवेशी सेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । आर्सनल घरेल टोलीसँग १–० ले स्तब्ध बनेको हो ।

सेफिल्डको जितमा लेस मोउसेटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खलेको ३०औं मिनेटमा गोल गरेका थिए । मोउसेटले ज्याक ओ कोनेलको कर्नरमा क्लोज रेन्जबाट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ४५औं मिनेटमा ग्रानिट जाहाँको हाफ भली सट म्यानचेस्टरबाट लोनमा सेफिल्डमा रहेका गोलरक्षक डिन हेन्डरसनले बचाउदा आर्सनल पहिलो हाफमा आसर्नल १–० ले पछि पर्‍यो । लगत्तै ग्रानिट चुकेको थियो ।

दोस्रो हाफमा आर्सनलले बल पोजेसनमा पकड जमाएपनि घरेलु टोलीको पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा पराजित हुन पुग्यो । घरेलु टोलीले पहिलो हाफको अग्रतालाई जोगाउदै दोस्रो हाफमा पनि गोलका केही सुन्दर अवसर खेर फालेको थियो ।

जितसँगै सेफिल्ड ९ खेलकबाट समान ३ जित, बराबरी र हारबाट १२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । ९ खेलमा दुई हार बेहोरेको आर्सनल १५ अंक जोडेर पाँचौ स्थानमा छ ।

नवप्रवेशी सेफिल्डले यसअघि लिगको सातौ चरणको खेलमा पनि शीर्षस्थानमा रहेको लिभरलाई कडा टक्कर दिएपनि १–० ले पराजित भएको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.