default_image

5 years ago

October 23, 2019

गालाटासारेमाथि रियालको कठिन जित

एजेन्सी – मिडफिल्डर टोनी क्रुसको एकमात्र गोलमा स्पेनिस महारथी रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । रियालले घरेलु टोलीमाथि गालाटासारेमाथि १–० को कठिन जित निकालेको हो । टर्क टेलिकोम स्टेडियम इस्तानुबलमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियालले खेलका पहिलो मिनेटमै गोलको अवसर खेर फालेको थियो । रोड्रिगोको पासमा इडेन हजार्ड चुकेका […]

40 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर टोनी क्रुसको एकमात्र गोलमा स्पेनिस महारथी रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । रियालले घरेलु टोलीमाथि गालाटासारेमाथि १–० को कठिन जित निकालेको हो ।

टर्क टेलिकोम स्टेडियम इस्तानुबलमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियालले खेलका पहिलो मिनेटमै गोलको अवसर खेर फालेको थियो । रोड्रिगोको पासमा इडेन हजार्ड चुकेका थिए । १०औं मिनेटमा गालाटासारे गोलको सुन्दर मौकाबाट चुकेको थियो । लगत्तै फ्लोरिन एन्डोनले अर्काे सुन्दर मौका गुमाउन गालाटासारे अग्रता लिनबाट चुकेको थियो ।

१४औं मिनेटमा बेन्जेमाको पासमा रोड्रिगोको प्रहार गोलरक्षक फर्नान्डो मुसलेराले बचाए ।  १८औं मिनेटमा इडेन हजार्डको पासमा टोनी क्रुसले गोल गर्दै रियाललाई अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले पाएको केही अवसर गुमाउदा रियाललाई पहिलो हाफका् एक गोल नै जितको लागि निर्णायक बन्यो ।

जितसँगै रियाल ३ खेलबाट ४ अंक जोडेर समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लिएको छ । अपराजित रहेको पीएसजीले ३ खेलबाट ९ अंक जोडेको छ । क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ । गालाटासारे १ अंक जोडेर पुछारमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.