default_image

4 years ago

October 23, 2019

रेड स्टारको पोस्टमा टोटेनहमको ५ गोल, बायर्नको संघर्ष

एजेन्सी – यो सिजन निकै संघर्ष गरिरहेको इंग्लिस क्लब टोटेनहम हस्टपरले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा टोटेनहमले सर्वियन क्लब रेड स्टार बेल ग्रेडमाथि ५–० को फराकिलो जित निकालेको हो । टोटेनेहमको फराकिलो जितमा कप्तान ह्यारी केन र ह्युङ मिन सनले समान २–२ गोल गरे । इरिक लमेलाले एक गोल थपे […]

23 views

0 Bookmark

एजेन्सी – यो सिजन निकै संघर्ष गरिरहेको इंग्लिस क्लब टोटेनहम हस्टपरले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा टोटेनहमले सर्वियन क्लब रेड स्टार बेल ग्रेडमाथि ५–० को फराकिलो जित निकालेको हो ।

टोटेनेहमको फराकिलो जितमा कप्तान ह्यारी केन र ह्युङ मिन सनले समान २–२ गोल गरे । इरिक लमेलाले एक गोल थपे । खेलको शुरुवात देखि नै रेड स्टारलाई दवावमा राखेको टोटेनहमले खेलको नवौं मिनेटमा कप्तान ह्यारी केनको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले इरिक लमेलाको पासमा गोल गरेका थिए ।

१६औं मिनेटमा लमेलाकै पासमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पा¥यो । ४४औं मिनेटमा एन डोम्वेलेको पासमा सनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहमले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

अघिल्ला दुई गोलका लागि अवसर सिर्जना गरेका इरिकले ५७औं मिनेटमा गोल गरेपछि टोटेनहम फराकिलो जिततर्फ अग्रसर बन्यो । ७२औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ५–० को फराकिलो जित दिलाए । टोटेनहमको यो पहिलो जित हो । जितसँगै टोटेनहमलले समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । रेडस्टार ३ अंकसहित तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब बायर्न म्युनिखले ग्रीसको ओलम्पियाकोसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको छ ।  बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा टोलिसोले एक गोल गरे । घरेलु टोलीक युसेफ अल अरवी र गुइलहेर्मेले गोल गरे ।

जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत छ । १ अंक जोडेको ओलम्पियाकोस पुछारमा छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.