default_image

5 years ago

October 23, 2019

आर्मीलाई स्तब्ध पार्दै चितवन फाइनलमा

भरतपुर (हाम्रो खेलकुद) – उपाधि दाबेदारका रुपमा हेरिएको त्रिभुवन आर्मी क्लब टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ । नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा बुधबार घरेलु टोली चितवन ११ सँग २-१ ले पराजित हुँदै आर्मीको यात्रा समाप्त भएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा आर्मी सम्हालिन सकेन । […]

37 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – उपाधि दाबेदारका रुपमा हेरिएको त्रिभुवन आर्मी क्लब टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ । नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा बुधबार घरेलु टोली चितवन ११ सँग २-१ ले पराजित हुँदै आर्मीको यात्रा समाप्त भएको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा आर्मी सम्हालिन सकेन । ६५ औं मिनेटमा अनिल रानाले गोल गर्दै चितवनलाई अघि बढाए । आर्मीका गोलरक्षक विकेश कुथुले पहिलो प्रहार पन्च गरेपछि रिबाउन्डमा अनिलले गोल गरेका थिए ।

७३ औं मिनेटमा चितवनका कप्तान रुमेश बर्तौलाले गोल गर्दै अग्रता दोब्बर पारे । खेल सकिन ८ मिनेट बाँकी रहँदा आर्मीका लागि डिफेन्डर विमल पाण्डेले गोल फर्काए । तर , त्यसपछि आर्मीले गोल थप्न सकेन र प्रतियोगिताबाट बाहिरियो । विभागीय टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका चितवनका जितेश गुरुङ म्यान आफ द म्याच चुनिए ।

चितवनका प्रशिक्षक विजय घलेले रणनीतिअनुसार सबै खेलाडीले राम्रो प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले चितवनले राम्रो खेलेको कारण जितेको प्रतिक्रिया दिए । आर्मीको मध्यपंक्तिमा तालमेल नमिल्नाले चितवनले उत्कृष्ट गोल गरेको उनले बताए ।

चितवनले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र संकटाबीच बिहीबार हुनेछ । नारायणगढ जेसीजको आयोजनामा तथा चितवन जिल्ला फुटबल संघ सहआयोजक आयोजक रहेको प्रतियोगिताको विजेताले लाख ६ हजार ६ सय ६६ रुपैयाँ र दोस्रो टोलीले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.