10 years ago
June 15, 2016
काठमाडौँ, १ आषाढ
ललित स्मृति यु१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत सी.एम.जी क्लब संकटा र नेपाल पुलिस क्लबले आज एन्फा कम्प्लेक्समा भएको आ-आफ्नो खेलमा जित दर्ता गरेका छन्|
दिनको पहिलो खेलमा थ्री स्टार क्लबले संकटा क्लबसंग ३-२को पराजय व्येहोर्यो| संकटाका लागि दिपेन्द्र केसीले १९ मिनेटमा खाता खोलेपनि थ्री स्टारका कप्तान अरुज सिंहले २७औं मिनेटमा बराबरी गोल फर्काए| संकटाका कप्तान संजोक राइले ३७औं मिनेटमा गोल गर्दै पुन: संकटलाई अग्रता दिलाए|
दोश्रो हाफमा आक्रामक देखिएको थ्री स्टारका लागि आदित्य शाक्यले कर्नरमा आएको बललाई हाफ भलीबाट गोल गर्दै ७८औं मिनेटमा बराबरी गोल गरे तर ८८औं मिनेटमा बक्स भित्र ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई संकटाका सुमन डंगोलले गोल गरे र जित सुनिश्चित गरे|
अर्को खेलमा गोलरक्षकहरुले बिर्सनलायक प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले सरस्वति युवा क्लबमाथि ५-३को जित रच्यो| पुलिसका लागि एलन थापाले ह्याट्रिक गरे भने क्षितिज राज जिटि र सगुन कार्कीले एक-एक गोल गरे| सरस्वतिका ओम प्रकाश सिंहले दुइ र मिंग्मा शेर्पाले एक गोल गरेका थिए|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]