default_image

5 years ago

October 27, 2019

‘साग खेल्ने फुटबल टोली जोशिलो छ’- कप्तान सुजल

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अर्को मैत्रीपूर्ण खेल तय हुन सके त्यसले टोलीको जोश अझै बढ्ने नेपाली यू २३ फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ बताएका छन् । म्यानमारको यू २२ विरुद्धको शुक्रबार कतारको दोहामा मैत्रीपूर्ण खेल खेलेर आइतबार स्वदेश फर्केपछि सुजलले भने, ‘युवा टोली पुरै […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अर्को मैत्रीपूर्ण खेल तय हुन सके त्यसले टोलीको जोश अझै बढ्ने नेपाली यू २३ फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ बताएका छन् ।

म्यानमारको यू २२ विरुद्धको शुक्रबार कतारको दोहामा मैत्रीपूर्ण खेल खेलेर आइतबार स्वदेश फर्केपछि सुजलले भने, ‘युवा टोली पुरै जोशमा छ । यो टोलीबाट राम्रो प्रदर्शनको आशा गर्न सकिन्छ । साग अघि अझै मैत्रीपूर्ण खेल हुन सके त्यसले टोलीको जोश थपिनेछ । एक्सपोजरका लागि मैत्रीपूर्ण खेल जरुरी छ ।’

नेपाल साग फुटबलको साविक विजेता टोली हो । सन् २०१६ मा भारतमा आयोजना भएको १२ औं सागमा आयोजक टोलीलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो । १३ औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखराका लागि तय भएको सागको तयारीका सिलसिलामा यू २३ टोली तयारीमा रहेको छ । सोही सिलसिलामा टोलीले म्यानमारको युवा टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

खेल २–२ को बराबरीमा टुंगिएको थियो । दुई पटक अग्रता लिएर पनि नेपाली टोली बराबरीमा रोकिएको थियो । दक्षिण एसियाली टोली भन्दा बलिया टोलीसँग मैत्रीपूर्ण खेल खेल्दा त्यसले सागमा फाइदा पुग्ने सुजलको अनुमान छ । सुजलले म्यानमारविरुद्ध दोस्रो हाफको प्रदर्शन उत्कृष्ट रहेको बताए । ‘हामीले पहिलो हाफ अलिक डिपमा बसेर खेल्यौं । त्यसले दबाब बढी भयो,’ उनले स्मरण गरे, ‘दोस्रो हाफमा हामीले अलिक चडेर खेल्यौं । त्यसले सहज भयो । दबाब पनि कम पर्यो ।’

टोलीको कप्तानी गर्न पाउनुलाई अवसरका रुपमा लिएका सुजलले भने, ‘गर्व महसुस हुन्छ । पहिला भन्दा पनि बढी जिम्मेवारी थपिएको महसुस हुन्छ । उमेर समूह वा राष्ट्रिय टोलीबाट खेल्नु र त्यसमा पनि कप्तानी गर्न पाउनुको अर्को आनन्द हुन्छ ।’

सागका लागि सिनियर राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ र रोहित चन्द थपिएपछि अझै बलियो हुने सुजलको विश्वास छ । साग यू २३ टोलीले खेल्ने भएपनि टोलीमा सिनियर ३ खेलाडी राख्न पाउने प्रावधान छ । जसमा सुजल, किरण, रोहितसहित विक्रम लामा र नवयुग श्रेष्ठ रहेका छन् । अन्तिम छनोटमा यी ५ मध्येबाट ३ पर्ने सम्भावना छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.