default_image

5 years ago

October 27, 2019

बार्सिलोनालाई उछिन्दै ग्रानडा ला लिगाको शीर्षस्थानमा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल बेटिसलाई १-० ले पराजित गर्दै ग्रानडा अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । ग्रानडाको जितमा बेटिसकै पुर्व खेलाडी अल्भारो भाडील्लोले गोल गरेका थिए । उनले ६१ औं मिनेटमा गोलरक्षक जोल रोबल्सलाई पहिलो पोस्टमा बिट गर्दै अग्रता दिलाएका थिए । त्यसको केहीबेरमै ग्रानडाले अग्रता दोब्बर पार्ने अवसर पाएपनि […]

82 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल बेटिसलाई १-० ले पराजित गर्दै ग्रानडा अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

ग्रानडाको जितमा बेटिसकै पुर्व खेलाडी अल्भारो भाडील्लोले गोल गरेका थिए । उनले ६१ औं मिनेटमा गोलरक्षक जोल रोबल्सलाई पहिलो पोस्टमा बिट गर्दै अग्रता दिलाएका थिए । त्यसको केहीबेरमै ग्रानडाले अग्रता दोब्बर पार्ने अवसर पाएपनि रामोन अजिजको प्रहार पोस्टमा लागेर फर्कियो । फर्केर आएको बललाई कार्लोस फर्नानडेजले पोस्टको दिशा दिन सकेनन् ।

ग्रानडा क्लबको इतिहासमा नै पहिलो पटक स्पेनिस लिगको शीर्ष डिभिजनको शीर्षस्थानमा पुग्न सफल भएको हो । ग्रानडा अब कम्तिमा पनि मंगलबारसम्म शीर्ष स्थानमा रहनेछ । ग्रानडाले १० खेल खेल्दै २० अंक जोडेको छ । यता एक खेल कम खेलेको बार्सिलोना भने ९ खेलमा १९ अंक जोड्दै दोस्रो स्थानमा छ । बेटिस भने हारसँगै रेलिगेसन क्षेत्रमा झरेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.