default_image

6 years ago

October 28, 2019

महिला फुटबल स्टारहरुको ट्याटु मोह

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ आफ्नो खेल कौशलका कारण त चर्चामा छिन् नै । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा संयुक्त रुपमा पहिलो नम्बरमा रहेकी साम्बा बेला बेला हेयर स्टाइलका कारण पनि चर्चामा हुन्छिन् ।

छोटो कपाल र त्यसलाई रंगाउने उनको सौख नै हो । सम्बा र राष्ट्रिय टोलीकी पूर्व स्ट्राइकर अनु लामाको नाममा समान ३५ गोल छ । यति बेला महिला टोली पोखरामा अर्को महिना स्वदेशमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को प्रशिक्षणमा रहेको छ ।

तिहारमा पनि विदा नदिएको महिला टोली प्रशिक्षणमा जुटिरहेको छ । यहि दौरान सम्बाले आफ्नो अर्को सौख पुरा गरेकी छिन्, ट्याटु खोप्ने । साम्बासँगै अनिता बस्नेत र हिरा भुजेलले आइतबार ट्याटु खोपेका छन् । साम्बा र अनिता दुवै युभेन्ट्स तथा अर्जेन्टिना युवा स्टार डिबालाका कट्टर फ्यान । दुवैले डिबालाको जस्तै बायाँ हातमा कालो घेरा खोपाएका छन् । साम्बाले कालो घेराको बीचमा फुटबल पनि खोपेकी छिन् ।

 

‘म र अनिता हामी दुवै डिबालाको फ्यान हौ,’ सावित्राले भनिन्, ‘यहाँ आएको बेला मौका मिल्यौं । अनि उनको जस्तै ट्याटु खोप्यौं ।’

क्लब फुटबलम पनि सम्बा, अनिता र हिरा साथमै रहने गरेका छन् । एपीएफमा आबद्ध यी तीन खेलाडीमध्य साम्बा र अनिता माल्दिभ्सको फुटसल लिग र गत सिजन भारतीय लिगको सेतुबाट संगै खेलेका थिए । यी दुई आवद्ध टोली महिला लिगको च्याम्पियन बनेको थियो ।

१३ औं साग काठमाडौं र पोखरामा मंसि १५ देखि २४ गते सम्मका लागि तय भएको छ । नेपाली महिला टोली सागमा भाग लिएका सबै संस्करणको फाइनलमा पुगेको छ । यद्दपी टोली अहिले सम्म च्याम्पियन हुन सकेको छैन ।

हरेक पटक भारतसँग पराजित हुँदै नेपाल उप विजेताका रुपमा चित्त बुझाउँदै आएको छ । १३ औं सागको महिला फुटबल पोखरामा तय भएकोले नेपाली टोली लामो समयदेखि पोखरामा रहेर प्रशिक्षण गर्दै आएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.