default_image

5 years ago

October 28, 2019

८ महिनापछि युनाइटेडेको पहिलो अवे जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा फेब्रुअरी यता पहिलो पटक अवे जित निकालेको छ । आइतबार नर्विच सिटीका गोलकिपर टिम क्रुलले २ वटा पेनाल्टी जोगाउनँदा पनि युनाइटेड ३–१ ले विजयी भएको थियो ।   २१ ओं मिनेटमा स्कट म्याक टोमिनेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । प्रिमियर लिगमा युनाइटेडको त्यो २ हजारौं गोल थियो । […]

32 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा फेब्रुअरी यता पहिलो पटक अवे जित निकालेको छ । आइतबार नर्विच सिटीका गोलकिपर टिम क्रुलले २ वटा पेनाल्टी जोगाउनँदा पनि युनाइटेड ३–१ ले विजयी भएको थियो ।

 

२१ ओं मिनेटमा स्कट म्याक टोमिनेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । प्रिमियर लिगमा युनाइटेडको त्यो २ हजारौं गोल थियो । त्यसपछि युनाइटेडले अग्रता दोब्बर पार्ने अवसर चुकायो । मार्कोस रासफोर्डको पेनाल्टीलाई क्रुलले रोके ।

भिडियो असिस्टेन्ड रेफ्री (भिएआर) को सहायतामा प्राप्त पेनाल्टीमा युनाइटेड चुकेको हो । तर, रासफोर्डले ३० औं मिनेटमा काउन्टर एट्याकमा गोल गर्दै अग्रता दोब्बर पारे । मध्यान्तर अघि क्रुलले अर्को पेनाल्टी रोकेका थिए । त्यति बेला भने एन्टोनियो मार्सियलले पेनाल्टी प्रहार गरेका थिए ।

पेनाल्टी चुकेपनि मार्सियलले पनि ७३ औं मिनेटमा गोल गरेका थिए । खेल सकिन २ मिनेट बाँकी रहँदा ओनल हर्नान्डेजले नर्विचका लागि गोल फर्काएका थिए । ७ अंक मात्र जोड्न सकेको नर्विच पुछारबाट दोस्रोमा छ । युनाइटेडले १० खेलमा १३ अंक पुर्याएको छ ।

लिगमा आइतबारको खेलहरु

न्युकासल युनाइटेड १–१ उल्भरह्याम्टन वन्डरर्स

आर्सनल २–२ क्रिस्टिल प्यालेस

लिभरपुल २–१ टोटेनहम

नर्विच सिटी १ –३ म्यानचेस्टर युनाइटेड

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.