default_image

5 years ago

October 28, 2019

मैदान बाहिरका खेलाडीले बल छुँदा विपक्षी टोलीलाई पेनाल्टी

एजेन्सी – जर्मन फुटबल लिगको दोस्रो श्रेणी बुन्डेसलिगा-२ अन्तर्गत शुक्रबार होलस्टेन किएल र बोकुमबीचको खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै रेफ्रीले आश्चर्यजनक पेनाल्टी निर्णय दिए । खेल चलिरहेको अवस्थामा पोस्ट पछाडी वैकल्पिक खेलाडी वार्मअप गरिरहेका थिए । बोकुमका खेलाडीले गरेको प्रहार पोस्टभन्दा बाहिर जाने पक्का भएपछि वार्मअप गर्दै गरेका मिडफिल्डर मिकेल एबेरवेनले बललाई […]

63 views

0 Bookmark

एजेन्सी – जर्मन फुटबल लिगको दोस्रो श्रेणी बुन्डेसलिगा-२ अन्तर्गत शुक्रबार होलस्टेन किएल र बोकुमबीचको खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै रेफ्रीले आश्चर्यजनक पेनाल्टी निर्णय दिए ।

खेल चलिरहेको अवस्थामा पोस्ट पछाडी वैकल्पिक खेलाडी वार्मअप गरिरहेका थिए । बोकुमका खेलाडीले गरेको प्रहार पोस्टभन्दा बाहिर जाने पक्का भएपछि वार्मअप गर्दै गरेका मिडफिल्डर मिकेल एबेरवेनले बललाई खुट्टाले रोके । तर उनले बल पूरै लाइनभन्दा बाहिर नजाँदै रोकेको भीएआरमार्फत रेफ्रीले पत्ता लागाए । नतिजा रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै विपक्षी टोलीलाई पेनाल्टी अवसर दिए ।

अन्तर्राष्ट्रिय फुटबलको नियमअनुसार यदिप वैकल्पिक खेलाडीले खेलमा असर गर्न खोजेमा जहाँ गल्ति गरेको हो त्यसै स्थानबाट सिधा फ्रिकिक अथवा पेनाल्टी दिन पाउने व्यवस्था छ । एबेरवेनले पेनाल्टी बक्सभित्र नै रहेको बल रोकेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिँदै विपक्षी टोलीलाई पेनाल्टी दिएका थिए । विगतमा रेफ्रीले यस्तो निर्णय गर्न कठिन हुने भएपनि पछिल्लो समय भीएआरको आगमनसँगै यस्ता गल्तिमा पनि रेफ्रीले कारवाही गर्न थालेका हुन् ।

बोकुमले प्राप्त गरेको पेनाल्टीलाई फरवार्ड सिलेभेर एमबोसीले गोलमा परिणत गरे । किएल खेलमा १-० ले अग्रतामा रहेको अवस्थालाई पेनाल्टी गोलले १-१ को बराबरीमा ल्याएको थियो । यद्यपी दोस्रो हाफमा जानी सर्राले गोल गर्दै किएलको जित पक्का गरे । बाहिरिन लागेको बल छोएका एबेरवेन यसै सिजन मात्र फोर्चुना कोलनबाट किएल आएका हुन् । उनले हालसम्म कुनै खेल खेलेका छैनन् । यस अर्थमा उनले क्लबका लागि मैदान प्रवेश नगर्दै गरेको पहिलो टच टोलीको लागि महँगो परेको छ ।

उक्त पेनाल्टी घटनाको भिडियो :

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.