default_image

5 years ago

October 31, 2019

रियलको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार रियल म्याड्रिडले लेगानेसमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । खेलको सातौं मिनेटमा युवा फरवार्ड रोड्रीगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले करीम बेन्जेमाको पासमा गोल गरे । त्यसको एक मिनेट नबित्दै बेन्जेमाकै पासमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २४ अौं […]

33 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार रियल म्याड्रिडले लेगानेसमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ ।

खेलको सातौं मिनेटमा युवा फरवार्ड रोड्रीगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले करीम बेन्जेमाको पासमा गोल गरे । त्यसको एक मिनेट नबित्दै बेन्जेमाकै पासमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २४ अौं मिनेटमा रियलले पेनाल्टी प्राप्त गरेपछि कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई ३-० ले अगाडि बढाए ।

दोस्रो हाफको ६९ अौं  रियलले पुन: पेनाल्टी अवसर प्राप्त गर्यो । यसपटक बेन्जेमाले पेनाल्टीलाई गोलमा परिणत गरे । इन्ज्युरी समयमा लुका जोभिचले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका उनले ड्यानी कार्भाजलको पास सदुपयोग गरेका थिए ।

यस जितसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले १० खेलमा २१ अंक जोडेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको २२ अंक छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.