default_image

4 years ago

November 1, 2019

मेस्सी अर्जेन्टिनी टोलीमा फर्किए

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनेल मेस्सी अर्जेन्टिनी राष्ट्रिय टोलीमा समावेश भएका छन् । मुख्य प्रशिक्षक लियोनल स्कालोनीले ब्राजिल र उरुग्वेविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरेका छन् । गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका कप दौरान दक्षिण अमेरिकी फुटबल महासंघ र रेफ्रीबारे नकारात्मक टिप्पणी दिएपछि मेस्सीलाई तीन महिनाको प्रतिबन्ध […]

56 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनेल मेस्सी अर्जेन्टिनी राष्ट्रिय टोलीमा समावेश भएका छन् ।

मुख्य प्रशिक्षक लियोनल स्कालोनीले ब्राजिल र उरुग्वेविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरेका छन् । गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका कप दौरान दक्षिण अमेरिकी फुटबल महासंघ र रेफ्रीबारे नकारात्मक टिप्पणी दिएपछि मेस्सीलाई तीन महिनाको प्रतिबन्ध सुनाइएको थियो ।

दुई मैत्रीपुर्ण खेलका लागि स्कालोनीले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेका छन् । यसअघिका खेलमा समावेश नगरिएका फरवार्ड सर्जियो अगुएरोलाई पनि प्रशिक्षक स्कालोनीले टोलीमा समावेश गरे ।

अर्जेन्टिनाले १५ नोभेम्वरमा साउदी अरवमा ब्राजिलसँग मैत्रीपुर्ण खेल खेल्दैछ । त्यसको तीन दिनपछि इजरायलमा उरुग्वेसँग खेल्ने तालिका छ ।

अर्जेन्टिनी टोली

गोलरक्षक– अगस्टिन मार्चेसिन, जुवान मुस्सी, इमिलियानो मार्टिनेज, इस्टिवान एन्ड्रादा

डिफेन्डर – जुवान फोयथ, रेन्जो साराभिया, निकोलस ओटामेन्डी, जर्मन पिजेला, मार्काेस रोजो, वाल्टर कान्नेमान, निकोलस टाग्लियफिको, निहुवेन पेरेज

मिडफिल्डर – गुइडो रोड्रिग्वेज, जियोभानी लो सेल्सो, लियान्द्रो पाराडेस, निकोलस डोमिनग्वेज, रोड्रिगो, मार्काेस एकुना, रोबर्टाे पेरेरा र लुकास ओकाम्पस

फरवार्ड – लियोनल मेस्सी, सर्जियो अगुएरो, निकोलस गोन्जालेज, लुकास एलारियो, लौटारो मार्टिनेज र पाउलो डिबाला

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.