default_image

4 years ago

November 2, 2019

यू-१९ टोलीको घोषणा, नितिन बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद )- एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय फुटबल टोलीको शनिबार घोषणा गरेको छ । राष्ट्रिय टोलीको क्याम्पमा परिसकेका मिडफिल्डर नितिन थापा भने टोलीमा परेनन् । यसअघि साफ यू-१८ समेत खेलेका नितिन राष्ट्रिय यू-२३ टोलीसँग रहेर कतारमा भएको म्यानमार यू-२३ विरुद्ध मैत्रीपूर्ण खेलमा सहभागी भएका […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय फुटबल टोलीको शनिबार घोषणा गरेको छ । राष्ट्रिय टोलीको क्याम्पमा परिसकेका मिडफिल्डर नितिन थापा भने टोलीमा परेनन् ।

यसअघि साफ यू-१८ समेत खेलेका नितिन राष्ट्रिय यू-२३ टोलीसँग रहेर कतारमा भएको म्यानमार यू-२३ विरुद्ध मैत्रीपूर्ण खेलमा सहभागी भएका थिए । त्यहाँबाट टोली नेपाल फर्केपछि नितिन प्रशिक्षणमा सहभागी भएनन् । सोहि खेलमा सहभागी रेजिन सुब्बा, राजिव लोप्चन र विकास खवास भने प्रशिक्षणमा फर्किए । नितिनसँगै यू-१९ टोलीका नियमित सदस्य व्रिजेश चौधरी, शिशिर लेखी र सूर्य अधिकारी अन्तिम टोलीमा परेनन् ।

घोषणा टोलीमा गोलकीपरमा बिशाल सुनार, रोहित कार्की र पुजन होना रहेका छन् । डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टाराइ, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ र निराजन महर्जन छन् ।

मिडफिल्डरमा दर्शन गुरुङ, रन्जन पुन, आकश बुढा मगर, जय गरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेन्जन रहेका छन् । फरर्वाडमा मनिष डाँगी, राजिव लोप्चन, रेजिन सुब्बा र दिपेश आले मगर रहेका छन् ।

प्रशिक्षक मेघराज केसीले साफ यू-१८ च्याम्पियनसिपमा सहभागी खेलाडीसँगै अन्य नयाँ खेलाडी समेत थप्दै विगत ३ सातायता प्रशिक्षण गरिरहेका थिए । अन्तिम टोलीमा साफ यू-१८ खेलेका अधिकांश खेलाडी छनोटबाट बाहिरिएका छन् । साफ यू-१८ मा खराब प्रदर्शन गर्दै समुह चरणबाट बाहिरीएपछि तत्कालिन प्रशिक्षक चेतनारायण श्रेष्ठसहितको प्रशिक्षण टोलीले राजीनामा दिएका थिए ।

नेपाल रहेको एएफसी यू-१९ च्याम्पियनसिपको छनोटको समूह ‘डी’ मा आयोजक इरान, यूएई र किर्गिस्तान रहेको छ । नेपालले नोभेम्बर ६ मा यूएई, नोभेम्बर ८ मा इरान र नोभेम्बर १० मा किर्गिस्तान रहेको छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.