10 years ago
June 16, 2016
वैकल्पिक खेलाडीद्वय जेमी भार्डी र ड्यानिएल स्टरिजले गोल गरेपछि इङ्गल्याण्डले युरो २०१६ अन्तर्गत समुह ‘ग’को खेलमा वेल्सलाई २-१ले पराजित गरेको छ।

पहिलो हाफमा ग्यारेथ बेलको फ्रिकिकको मद्दतले अघि बढेको वेल्सले दोश्रो हाफ भने अग्रता टिकाउन सकेन।
ह्यारी केन र रहिम स्टर्लिङको स्थानमा मैदान प्रवेश गरेका भार्डी र स्टरिज दुवैले गोल गरेपछि इङ्गल्याण्डको विजय सम्भव भएको थियो। भार्डीले ५६औं मिनेटमा र स्टरिजले अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गरेका थिए।
जितसंगै इङ्गल्याण्डको चार अंक भएको छ भने स्लोभाकिया र वेल्स ३-३ अंक लिएर दोश्रो स्थानमा छन्। रसिया एक अंक बोकेर तालिकाको पुछारमा रहेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]