default_image

4 years ago

November 5, 2019

फ्रेन्डस क्लबमा ३ ब्राजिलियन खेलाडी अनुबन्धित

काठमाडौं (हाम्रो खेलुकद) – ललितपुरको एनआइबिएल फ्रेन्ड्स क्लबले आसन्न अर्को महिना सुरु हुने सहिद स्मारक ए डिभिजन लिगलाई लक्षित गर्दै ब्राजिलका तीन खेलाडीलाई अनुबन्ध गरेका छ ।   ब्राजिलियन तीन खेलाडी साउलो डि अक्विनो, फिलिपे डि सोउजा र वाग्नर डो कार्मो मंगलबार काठमाडौं आइपुगेको हुन् । हो । क्लबले तीन खेलाडीलाई आपसी समझदारीमा ‘ए’ डिभिजन […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलुकद) – ललितपुरको एनआइबिएल फ्रेन्ड्स क्लबले आसन्न अर्को महिना सुरु हुने सहिद स्मारक ए डिभिजन लिगलाई लक्षित गर्दै ब्राजिलका तीन खेलाडीलाई अनुबन्ध गरेका छ ।

 

ब्राजिलियन तीन खेलाडी साउलो डि अक्विनो, फिलिपे डि सोउजा र वाग्नर डो कार्मो मंगलबार काठमाडौं आइपुगेको हुन् । हो । क्लबले तीन खेलाडीलाई आपसी समझदारीमा ‘ए’ डिभिजन लिग भरको लागि अनुबन्ध गरेको बताएको छ ।

साउलो फरवार्ड, सोउजा डिफेन्डर र वाग्नर मिडफिल्डर हुन् । यी खेलाडीसँग जापनी जे लिग र युरोपियन लिगहरु खेलेको अनुभव रहेको बताइएको छ । क्लबका सदस्य राजाराम तन्डुकारले तीन महिनादेखिको प्रयास सफल भएको र प्रशिक्षक पनि ब्राजिलबाटै ल्याउने तयारी भइरहेको हाम्रो खेलुकदलाई जानकारी गराए ।

ब्राजिली खेलाडीको आगमनसँगै टिम सन्तुलित बन्ने क्लबले विश्वास लिएको छ । त्यसअघि २०६६र६७ को सिजनमा मच्छिन्द्रले इन्डोनेसियन लिग वान क्लब पिएसएममा खेलेका ब्राजिलकै ड्यानियल ब्यारोनीले अनुबन्ध गरेको थियो ।

‘ए’ डिभिजन लिगमा उच्च प्रदर्शन गरेसँगै ड्यानियलले ब्राजिलको शीर्ष डिभिजनका साथै मलेसियाको लिग समेत खेलेका थिए । एनआरटीले पनि विगतमा ब्राजिली खेलाडी ल्याएपनि उनीहरुले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग मंसिर २८ गते सुरु गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.