default_image

4 years ago

November 8, 2019

बोरुसियासँग रोमाको हार, इस्तानुबुल शीर्षस्थानमा

एजेन्सी – इटालियन क्लब रोमाले युरोपा लिगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचसँग हार बेहोरेको छ । रोमाले घरेलु टोली बोरुसिया मोन्चेनग्लाडवाचसँग २–१ को हार बेहोरेको हो । बिहीबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३५औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । फेडरिको फाजियाले आफ्नै पोस्टमा गोल गरेका थिए । ६४औं मिनेटमा फेडरिकाले गोल गर्दै खेललाई […]

49 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब रोमाले युरोपा लिगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचसँग हार बेहोरेको छ । रोमाले घरेलु टोली बोरुसिया मोन्चेनग्लाडवाचसँग २–१ को हार बेहोरेको हो ।

बिहीबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३५औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । फेडरिको फाजियाले आफ्नै पोस्टमा गोल गरेका थिए । ६४औं मिनेटमा फेडरिकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा मार्कुस थोरामले गोल गर्दै मोन्चेनग्लाडवाचलाई २–१ को महत्वपुर्ण जित दिलाए । जितसँगै बोरुसिया समूह ‘जे’ मा ४ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित रोमाको पनि ५ अंक रहेपनि गोल अन्तरमा तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा टर्किस क्लब इस्तानुवुल बासकसेहिरले अष्ट्रियन क्लब वल्सवर्गरमाथि ३–० को सहज जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । इस्तानुबुलको ४ खेलबाट ७ अंक छ । वल्सवर्गर ४ अंक जोडेर पुछारमा छ । इस्तानुबुलको जितमा इन्जो क्रिभेलीले दुई तथा इडिन भिस्काले एक गोल गरे ।

निकै नै प्रतिपर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७३औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा इस्तानुबुलले उठायो । नेमान्जा दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि इस्तानुबुलले तीन गोल गर्न सफल भयो ।

७६औं मिनेटमा इडिन भिस्काले गोल गरे । ८४ र ८७औं मिनेटमा इन्जोले गोल गर्दै इस्ताुनबुललाई ३–० को सहज जित दिलाए ।
हरेक टोलीले दुई खेल खेल्न बाँकी रहँदा यो समूहबाट सबै चार टोलीको युरोपा लिगको नकआृट चरणमा पुग्ने सम्भावना उत्तिकै छ ।

युरोपा लिगका नतिजाहरु:

एफसी एस्तानाविरुद्ध एजेट अल्कामार (०–५)

एफसी कोपेनहेगनविरुछ डाइनामो किभ (१–१)

क्रास्नोडरविरुद्ध ट्रावजन्सपर (–१)

एफ ९१ डुडेलेन्जविरुद्ध सेभिल्ला (२–)

लास्कविरुद्ध पीएसभी इन्डोभेन (–१)

लुगानोविरुद्ध माल्मो (०–०)

एपोइल निकोसियाविरुद्ध क्वारावाग (–१)

बसेलविरुद्ध गेटाफे (–१)

सिएफआर क्लजविरुद्ध रेनिस (–०)

लाजियोविरुद्ध सेल्टिक (१–)

रोसेनवर्गविरुद्ध स्पोर्टिङ सिपी (०–)

स्टान्डर्ड लिजविरुद्ध फ्रान्कफर्ट (–१)

रेन्जर्सविरुद्ध एफसी पोर्टाे (–०)

फियोनोर्डविरुद्ध योङ ब्वाइज (१–१)

एफसी ओलेक्सान्ड्रियविरुद्ध सेन्ट इटिने (२–२)

वल्सवर्गविरुद्ध जेन्ट (१–)

म्यानचेस्टर युनाइटेडविरुद्ध पार्टीजान बेलग्रेड (–०)

वल्भ्सविरुद्ध स्लाभान ब्राटिसलाभा (–०)

ब्रागाविरुद्ध बेसिक्टास (–१)

इस्पान्योलविरुद्ध लुडोगोरेट्स (–०)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.