default_image

4 years ago

November 9, 2019

पुलिसलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

हिमाल खरेल, झापा दाबेदारका रुपमा हेरिएको नेपाल पुलिस क्लबको अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमै चुनौति समाप्त भएको छ । ए डिभिजन विभागिय टोलीलाई शनिबार १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड प्रतियोगिताको फाइनलमा पुगेको छ । सुनिल खड्काले गरेको गोल खेलेको निर्णाय बनेपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको थियो । चर्च ब्वाइजले सोमबार हुने फाइनलमा अर्को विभागिय टोली […]

30 views

0 Bookmark

हिमाल खरेल, झापा

दाबेदारका रुपमा हेरिएको नेपाल पुलिस क्लबको अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमै चुनौति समाप्त भएको छ । ए डिभिजन विभागिय टोलीलाई शनिबार १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड प्रतियोगिताको फाइनलमा पुगेको छ । सुनिल खड्काले गरेको गोल खेलेको निर्णाय बनेपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको थियो ।

चर्च ब्वाइजले सोमबार हुने फाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । शुक्रबार भारतको सिक्किम टोलीलाई पेनाल्टी सुट आउटमा हराउँदै आर्मी अन्तिम दुईमा पुगेको थियो । बिर्तामोडेको डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो सेमिफाइनलको पहिलो हाफमै अग्रता लिने अवसर पुलिसले गुमाएको थियो ।

खेलको २३औं मिनेटमा पुलिसले पेनाल्टीको मौका पाएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले सुमन लामालाई फाउल हानेपछि पुलिसले पेनाल्टी पाएको थियो । तर, पेनाल्टी सुटमा सुमनकै प्रहारलाई विपक्षी गोलकिपर विनय श्रेष्ठले रोकेका थिए ।

त्यसको ३ मिनेटपछि २६ औं मिनेटमा सुनिलको गोलमा चर्च ब्वाइजले खेलमा अग्रता बनाएको थियो । भुवन बस्नेतले हेडमार्फत प्रहार गरेको बललाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले रोकेपनि पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन्, त्यहि रिबाउन्डमा सुनिलले गोल गरे ।

५४औं मिनेटमा पुलिस १० खेलाडीमा सिमिति भएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईलाई रेफ्री प्रकाश श्रेष्ठले रातो कार्ड देखाएर मैदान बाहिर पठाए । त्यो प्रतियोगितामा प्रयोग भएको पहिलो रातो कार्ड थियो ।

खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अधिकांश प्रहार गोलमा परिणत हुन सकेन । गोलकर्ता सुनिल म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र दोस्रो हुने टोलीले ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.