8 years ago
June 19, 2016
नेपाली समय अनुसार आज बिहानै १२:३०मा भएको पोर्चुगल र अष्ट्रीयाको खेल ०-०को बराबरीमा सकिएको छ । हिजो भएको यही समुहको अर्को खेल पनि बराबरीमा टुङिएको थियो ।
पोर्चुगल र अष्ट्रीया दुबैले आफ्नो पहिलो खेलमा सोच अनुरुप नतिजा निकाल्न सकेको थिएन । पोर्चुगलले आईसल्यान्डसङ ड्र र अष्ट्रीयाले हंगेरीसँग हार सामना गरेको थियो । अहिले यो समुहमा हंगेरी ४ अंक सहित पहिलोमा, आईसल्यान्ड २ अंक सहित दोस्रो, पोर्चुगल २ अंक सहित तेस्रो र अष्ट्रीया एक अंक सहित अन्तिम स्थानमा छ । अब हुने अन्तिम खेलमा स्पष्ट जित निकलेमा सबै टोलिको अर्को राउन्डमा पुग्ने सम्भावना यथवत रहेको छ ।
जितको लक्ष्य लिएर मैदान उत्रीएको पोर्चुगलले सुरुवाती मिनटबाटनै आक्रमण सुरु गरेको थियो । खेलभरीमा १८ गोल गर्ने प्रयास गरेको पोर्चुगलले सदुपायोग भने कुनै पनि गर्न सकेन । प्रतियोगितामा आलोचित भैरहेक कप्तान रोनाल्डोले ७९औं मिनटमा पेनाल्टी पाउंदापनी गोल गर्न सकेन ।
अब हुने अन्तिम खेलमा पोर्चुगलले हंगेरीको सामना गर्ने छ ।
October 15, 2024
एजेन्सी – फ्रान्सले युरोपियन नेसन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । फ्रान्सले सोमवार बेल्जियममाथि २-१ जित हात पार्यो । बेल्जियमको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुअनीले २ गोल गरे । बेल्जियमका लागि लोइस ओपेन्डाले १ गोल फर्काए। खेलको २३औं मिनेटमा यौरी टिएलेम्यान्सले पेनाल्टी चुकाउँदा बेल्जियमले अग्रता बनाउने अवसर गुमायो […]
October 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]
October 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता काठमाडौंमा सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमवार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हुन् । मुख्य प्रशिक्षक तामाङले व्यवसायिक फुटबलका लागि देश बाहिर रहेका सावित्रा भण्डारी ‘साम्बा’ […]