default_image

10 years ago

June 19, 2016

फराकिलो जितसहित चिली सेमिफाइनलमा

157 views

0 Bookmark

एजेन्सी क्यालीफोर्निया –

साबिकको बिजेता चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान क्यालिफोर्नियामा भएको खेलमा मेक्सिकोमाथी ७–० गोलको फराकिलो निकाल्दै चिलीले अन्तिम चारमा स्थान बनाएको हो ।

Eduardo Vargas

लिभाइज स्टेडियममा भएको खेलमा चिलीलाई जित दिलाउन एडवार्डो भारगासले चार, एडिसन पुचले दुई तथा एलेक्स सान्चेजले एक गोल गरे । अब चिलीले फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्ने छ । चिली समूह सीको विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने मेक्सिको समूह डीको उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।

मेक्सिकोविरुद्ध चिलीले खेलको १६ औं मिनेटमा पुचले गोलबाट अग्रता लिएको थियो । खेलको ४४ औं मिनेटमा भारगासले व्यक्तिगत पहिलो गोल गरेपछि पहिलो हाफ चिलीले २–० को अग्रता लियो । पहिलो हाफमा दुई गोलले अघि रहेको चिलीले दोस्रो हाफमा थप पाँच गोल गर्‍यो । दोस्रो हाफको ४९ औं मिनेटमा सान्चेजले चिलीका लागी तेस्रो गोल गरे । त्यसपछि भारगासले ५२ र ५७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ७४ औं मिनेटमा भारगासले व्यक्तिगत चौथो तथा ८८ औं मिनेटमा पुचले व्यक्तिगत दोस्रो गोल गरेपछि चिलीले फराकिलो जित निकाल्यो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.