default_image

4 years ago

November 16, 2019

फिनल्यान्ड पहिलोपटक युरोकपलाई छनोट, इटालीको शतप्रतिशत जित

एजेन्सी – फिनल्याण्डले पहिलोपटक युरोकपमा स्थान बनाएको छ । तिमु पुक्कीको उच्च प्रदर्शनमा फिनल्याण्ड कुनैपनि ठुलो प्रतियोगितामा पहिलोपटक छनोट भएको हो । इंग्लिस क्लब नर्विच सिटीका फरवार्ड पुक्कीले छनोट प्रतियोगितामा पुक्कीले ९ खेलमा ८ गोल गर्न सफल रहे । शुक्रबार राति भएको खेलमा पुक्कीले दुई गोल र जसु तुमिने एक गोल गरेपछि फिनल्याण्डले युरो छनोटमा […]

21 views

0 Bookmark

एजेन्सी – फिनल्याण्डले पहिलोपटक युरोकपमा स्थान बनाएको छ । तिमु पुक्कीको उच्च प्रदर्शनमा फिनल्याण्ड कुनैपनि ठुलो प्रतियोगितामा पहिलोपटक छनोट भएको हो ।

इंग्लिस क्लब नर्विच सिटीका फरवार्ड पुक्कीले छनोट प्रतियोगितामा पुक्कीले ९ खेलमा ८ गोल गर्न सफल रहे । शुक्रबार राति भएको खेलमा पुक्कीले दुई गोल र जसु तुमिने एक गोल गरेपछि फिनल्याण्डले युरो छनोटमा शुक्रबार राति लिचेस्टाईनलाई ३–० ले पराजित गर्दै युरोकपमा स्थन बनाएको हो ।

तुमिनेले २१ औ मिनेटमा फिनल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६४ औ मिनेटमा पुक्कीले पेनाल्टीमार्फत फिनल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । पुक्कीले ७५ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फिनल्याण्डलाई ३–० ले अघि बढाएका थिए ।

समूह जेको दोस्रो स्थानमा रहेको फिनल्याण्डले ९ खेलबाट १८ अंक जोड्यो । उसले एक खेल बाँकी रहदाँ तेस्रो स्थानको ग्रिससंग ७ अंकको अग्रता लियो ।

यता, दुई खेल बाँकी रहँदै युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले शतप्रतिशत जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘जे’ को खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई ३–० ले पराजित गर्दै छनोटमा शतप्रतिशत नतिजा निकालेको हो ।

इटालीले सहज जितमा फ्रान्सिस्को एसरबी, लोरेन्जो इनसिग्ने र एन्ड्रियो बेलोटीले गोल गरे । खेलको २१औ मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै इटालीलाई अग्रता दिलाए । ३७औं मिनेटमा लोरिन्जो इनसिग्नीले गोल गर्दै इटालीको अग्रता दोब्बर बनायो ।

एन्ड्री बेलोटीले ५२ औ मिनेटमा गोल गर्दै इटालीलाई ३–० को सहज जित दिलाए । जितसँगै छनोटमा इटालीले ९ खेलबाट २७ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । बोस्निया १० अंक सहित तालिकाको पाँचौ स्थानमा यथावत छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.