default_image

6 years ago

November 19, 2019

सायद त्यो क्षणले उनीहरुलाई खेल जीवन भर पोलिरहेछ !

291 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

‘त्यो १०/१२ घण्टा मेरो लागि सपना जस्तो भएको छ । अझै विश्वास गर्न सकिरहेको छैन । टिम उता छ हामी यता छौं । पछुतो मात्र लाग्छ । बितेको समयलाई फर्काउन त सक्दिन । तर एउटा प्रतिबद्धता आफैसँग गरेको छु, यस्तो घटना अब जीवनमा दोहोरिने छैन ’ राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर अञ्जन विष्ट अहिले यसरी विस्मत मान्दैछन् ।

भुटानमा आज नेपाली टोलीले कुवेतको सामना गर्दैछ । बिहिबार घोषणा गरिएको अन्तिम २३ जनाको टोलीमा उनी पनि थिए । तर, अन्जनसहित ४ खेलाडी विदाईमा पुगेर पनि घर फर्कनुपर्ने अवस्था सृजना भयो । कारण  अन्जन तथा टोलीका अन्य महत्वपूर्ण सदस्य विमल घर्तीमगर, दीनेश राजवंशी र सन्तोष तामाङ भुटान जानुअघिल्लो रात शुक्रबार अबेर घर फर्केका थिए । त्यो खबर अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीका पुग्यो । अघिल्ला घटनाहरुमा छानविनको औपचारिक मात्र देखाउँने एन्फाले यसपटक खेलाडीलाई जोगाउन अनेक तर्क गरेन । विदाईका लागि एन्फा पुगेका खेलाडीलाई घर फर्काउने हिम्मत गर्यो ।

अञ्जन भन्छन्, ‘खेल जति नजिक आइरहेको छ , त्यति पीडा हुने रहेछ । मैले यस्तो महसुस यसअघि कहिल्यै गरेको थिएन । हो हामीबाट गल्ति भएकै हो । अब यसमा यदि तर भनेर हामीले उम्किन पाउँदैनौं । एउटा खेलाडीले खेल्न नपाउँनु जत्ति ठूलो सजाय अरु के होला र ? आफ्नै गल्तिमा धेरै पछुताए । रात भरी रोए । तर, हुने कुरा भइसक्यो । त्यो घटनालाई म बदल्न सक्दिन । त्यसबाट पाठ भने सिकेको छु । ‘

साफ फुटबलको तयारी टोलीसँग होटलमा रहेको अन्जन शुक्रबार दिउँसो होटलबाट निस्केका थिए । ‘त्यहाँबाट केहि समय दरबारमार्ग तिर लगेज हेर्न लागे । चित्त बुझ्दो पाइन । साँझ ६ बजे तिर मनाङ मस्र्याङ्दी क्लब पुगे । क्लबमा दाइहरुसँग नयाँ सिजनका बारेमा अनौपचारिक कुराकानी भयो,’ उनले स्मरण गरे, ‘८ बजे तिर म कोठा पुगे । खाना खाएर लगभग सुत्ने लागेको थिए । तर म ११ बजे राती निस्के । गल्ति त्यहि भयो । दशा बाजा बजाएर आउँदैन भन्छन्, त्यो रात मलाई त्यस्तै भयो । यहि हुनको लागि निस्के होला । हामी २ बजे तिर घर फर्कियौं ।’

‘बिहान एन्फा पुगेपछि हामीलाई एक एक बोलाइयो । मैले केहि ढाटिन । गल्ति भएपछि ढाटेर हुने कुरा पनि थिएन ,’ उनी भन्छन्, एन्फाको निर्णयलाई स्वीकार्नुको हामीसँग विकल्प थिएन । कारण हामी दोषी थियौं । हामीलाई छाड्दा एन्फालाई अनुशासन तोड्ने खेलाडीलाई च्याप्यो भन्ने आरोप लाग्थ्यो । हामीलाई भुटान जानबाट रोक्नुलाई मैले कुनै अन्यथा लिएको छैन । ‘

‘राष्ट्रिय टोलीको सदस्य राती आराम गर्न छाडेर बाहिर निस्केको परिणाम भोग्दैछु । घरबाट एन्फा पुगेर लगेज लिएर भुटान नगइ फेरि घर फर्कनु परेको त्यो समय मेरो लागि सपना जस्तो मात्र लाग्छ । अहिले पनि म आफ्नो त्यो क्षण साच्चै होर भन्नेर सोच्छु । म भुटान नगएर घर फर्केपछि ड्याडी हेटौंडाबाट रातारात काठमाडौं आउनुभयो । म जान्ने भइकन त्यसअघि कहिलै ड्याडीसँग रोएको थिएन । त्यो दिन बेस्सरी रोए । आफ्नै गल्तिमा रोए ,’ भावुक हुँदै अन्जन भन्छन्, ‘मेरो बारेमा घर छिमेक तिर बुझ्दा हुन्छ । म खराब मान्छे होइन । तर मिडियामा जसरी समाचार आइरहेका छन् , त्यसले हामीलाई ठूलै अपराधी हो भन्ने पर्न गएजस्तो लाग्छ । सबै समाचार हेर्छु । भएको कुरा आउँदा त मान्नुपर्छ । नभएको कुरा पनि जोडेर आउँदा पीडा हुने रहेछ । यसपटक त्यहि महसुस गरे ।’

पाँच वर्षदेखि टोलीका नियमित सदस्य रहेका अन्जन र विमल २०७२ यता देशका लागि ४ वटा उपाधि दिलाउने मध्येका हुन् । २०७२ मा भदौं मा नेपालले यू १९ साफ च्याम्पियनसिप जित्दा विमल टोलीको कप्तान र अन्जन त्यसको महत्वपूर्ण सदस्य थिए । त्यसपछि नियमित राष्ट्रिय टोलीका सदस्य रहेका यी दुईसहितको टोलीले त्यहि वर्ष बंगबन्धु गोल्डकप, भारतमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जितेको थियो । २०७३ को कात्तिकमा राष्ट्रिय टोलीले एएफसी सोलिडारिटी कप जित्दा अन्जन विमल दुवै टोलीका महत्वपूर्ण सदस्य थिए ।

विमल भुटान भ्रमणबाट रोकिएका दीनेश र सन्तोष सबैले आफुहरुबाट गल्ति भएको मानेको अन्जनले सुनाए । ‘हामी फर्केपछि एकअर्कासँग कुराकानी भयो । हामी जोर्डनसँगको खेल होस् वा त्यसपछि म्यानमारसँगको मैत्रीपूर्ण खेल सबैमा प्लेइङ मै थियौं । अब अहिले हामीले टोलीलाई साथ दिन सकेनौं , त्यो पनि आफ्नै गल्तिमा ,’ उनले थपे, ‘सबैलाई त्यहि गल्तिले पोलिरहेको छ । मिल्ने भए त अहिले भुटान गएर खेलौ लाग्छ ।’

भुटानमा आज कुवेतविरुद्ध हुने खेलका लागि टोलीलाई शुभकामना दिदै अन्जनले नेपाली टोली र आफ्ना समर्थकसँग माफी मागेका छन् । ‘मैले गल्ति गरेको हु । यसमा मलाई पछुतो छ । मेरो जीवनमा यस्तो घटना फेरि दोहोरिने छैन । आउने दिनमा फुटबलमा अझै धेरै मेहनत
गर्नेछु ।अझै बढी प्रतिबद्धताका साथ देशका लागि खेल्नेछु । यो गल्तिका लागि सबैसँग क्षमा माग्छु ।’

विश्व कप छनोटका अघिल्ला ४ खेलमा नेपालले एउटा मात्र खेल जितेको थियो । भदौं २४ गते चाइनिज ताइपेविरुद्ध २–० ले हराउँदै अन्जनले नै गोल गरेका थिए । त्यो उनको देशका लागि पहिलो गोल पनि थियो । विश्व कप छनोटमा यसपटक नेपालले अहिले सम्म त्यहि २ गोलमात्र गर्न सकेको छ । तर, उनीसहित चारै खेलाडी आफ्नै कारण टेलिभिजनमा आम दर्शकजस्तै टोलीको खेल हेर्न बाध्य भएका छन् । सायद त्यो क्षणले उनीहरुलाई खेल जीवन भर पोलिरहेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.