default_image

4 years ago

November 23, 2019

माउरिन्हो प्रशिक्षणमा टोटेनहमलाई सफलता

एजेन्सी – पोर्चुगिज जोजे माउरिन्होको प्रशिक्षणमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा सफलता हात पारेका छन् । माउरिन्होले आफ्नो पहिलो प्रशिक्षणमा खेलमा नै टोटेनहमले वेस्टह्याममाथि ३–२ को जित निकालेको हो । माउरिन्हो गत बुधबार मात्रै टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।टोटेनहमको जितमा ह्युङ मिन सन, लुकास मोउरा र कप्तन ह्यारी केने गोल गरे । वेस्टह्यामका […]

40 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज जोजे माउरिन्होको प्रशिक्षणमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा सफलता हात पारेका छन् । माउरिन्होले आफ्नो पहिलो प्रशिक्षणमा खेलमा नै टोटेनहमले वेस्टह्याममाथि ३–२ को जित निकालेको हो ।

माउरिन्हो गत बुधबार मात्रै टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।टोटेनहमको जितमा ह्युङ मिन सन, लुकास मोउरा र कप्तन ह्यारी केने गोल गरे । वेस्टह्यामका मिचेल एन्टेनियोले गोल गरे ।

३६औं मिनेटमा सनको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । ४३औं मिनेटमा लुकास माउराले गाल गरेपछि टोटेनहम पहिलो हाफमा २–० ले अघि बढ्यो । ४९औं मिनेटमा कप्तान केनले गोल गरेपछि टोटेनहम सहज जितर्फ अग्रसर बन्यो ।

७४औं मिनेटमा एन्टेनियोले गोल गर्दै घरेलु टोली वेस्ट ह्यामलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ८९औं मिनेटमा घरेलु टोलीका लागि डिक्लेन राइसले गोल गरेपनि भिएआरको सहायतामा गोलले मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा एंगेलो ओग्वनाले गोल गरेपनि टोलीको हार टार्न सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम ३–२ ले विजय रहन सफल भयो ।

जितसँगै टोटेनहम १३ खेलबाट १७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित वेस्टह्याम ११ अंकसहित १७औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.