default_image

4 years ago

November 24, 2019

जगजित पुनः मनाङबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पुर्व मिडफिल्डर जगजित श्रेष्ठ लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबमा आबद्ध भएका छन् । मनाङले जगजितलाई ६ महिनाका लागि क्लबमा अनुबन्ध गरेको जनाएको छ । अनुबन्ध रकम भने खुलाइएको छैन । क्लबले लिगलाई लक्षित गर्दै जगजितलाई अनुबन्ध गरेको हो । जगजित हाल अष्ट्रेलियन क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । एन्फा […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पुर्व मिडफिल्डर जगजित श्रेष्ठ लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबमा आबद्ध भएका छन् ।

Jagjeet
मनाङले जगजितलाई ६ महिनाका लागि क्लबमा अनुबन्ध गरेको जनाएको छ । अनुबन्ध रकम भने खुलाइएको छैन । क्लबले लिगलाई लक्षित गर्दै जगजितलाई अनुबन्ध गरेको हो । जगजित हाल अष्ट्रेलियन क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

एन्फा एकेडेमीका उत्पादन जगजितले यसअघि पनि मनाङको जर्सीमा ‘ए’ डिभिजन लिग खेलेका थिए । त्यसपछि जगजित ललितपुरको रुस्लान थ्री स्टार क्लबमा आबद्ध भएका थिए । थ्री स्टारपछि उनी अष्ट्रेलिया लागेका थिए ।

क्लबले लिगकै लागि युवा खेलाडीहरु अन्जल गुरुङ, उमेश राई, एकराज बुढाथोकी, असिम गुरुङ र दीप कार्की र रन्जन विष्टलाई अनुबन्ध गरिसकेको छ । अशोक खवास, अन्जन विष्ट, कमल श्रेष्ठ र सुरज विकेसँग सम्झौता नवीकरण गरिसकेको छ ।

सबै खेलाडीको अनुबन्धन अवधि ६ महिनाको रहेको र राष्ट्रिय लिग भएको अवस्थामा सम्झौता थप गर्न सकिने क्लबका उपाध्यक्ष मुखिया लामाले जानकारी गराए । उनले भारतीय खेलाडीसँग सम्झौताको विषयमा छलफल भइरहेको समेत बताए ।
‘ए’ डिभिजन लिग यसै महिनाको २८ गतेबाट आयोजना हुदैछ । लिगमा १४ ‘ए’ डिधिजन क्लबको सहभागिता रहने छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.