default_image

6 years ago

November 27, 2019

एन्फा पूर्व कोषाध्यक्ष शाहीलाई मातृशोक

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व कोषाध्यक्ष एवंम राष्ट्रिय फुटबल खेलाडी विराटजंग शाहीलाई मातृ शोक परेको छ । काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष शाहीकी आमा शान्ता शाहीको ८३ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो । उनी निमोनियाबाट पीडित थिइन् ।

मंगलबार राती पशुपति आर्यघाटनमा शाहीको दाहसंस्कार गरिएको थियो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, निर्वतमान अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधान राष्ट्रिय टोलीका पूर्व कप्तान राजुकाजी शाक्यलगायत अन्य फुटबल कर्मी र परिवारजनले शाहीलाई अन्तिम श्रृद्धान्जली दिएका थिए । शाहीका ४ छोरी र ३ छोरा छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.