6 years ago
November 28, 2019
एजेन्सी – आधुनिक फुटबलका दुई हस्ती अर्जन्टिनी तथा स्पेनिस बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सी र पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोबीचको उत्कृष्ट भन्नेमा बहस छ ।

दुवै खेलाडीको मैदान भित्र र बाहिरको प्रदर्शनले पनि फुटबल पण्डित तथा समर्थकहरु आ–आफ्नो पक्ष लिदै वकालत गरिरहेका हुन्छन् । मेस्सी र रोनाल्डोले पछिल्लो एक दशक विश्व फुटबलमा विभिन्न कीर्तिमानहरु आफ्नो नाममा लेखाइसकेका छन् । यो अझै जारी छ ।
यसबीचमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । मेस्सीले बुधबार राति च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध ३–१ को जित निकालेको खेलमा गोल गरेपछि फरक ३४ क्लबविरुद्ध गोल गर्दै रोनाल्डोलाई पछि पारेका हुन् । मेस्सीले बार्सिलोनाका लागि ७००औं खेलमा यो आकँडा भेट्टाएका हुन् । मेस्सीले रोनाल्डोभन्दा एक भिन्न बढी क्लबविरुद्ध गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
मेस्सीले फरक ३४ तथा रोनाल्डोले ३३ फरक क्लबविरुद्ध गोल गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व फरवार्ड राउलले पनि ३३ भिन्न क्लबविरुद्ध गोल गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]