default_image

4 years ago

December 1, 2019

सिटीको उपाधि यात्रा कमजोर, टोटेनहमको लगातार तेस्रो जित

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटीले खेलमा दुईपटक अग्रता लिएर न्युक्यासल युनाइटेडसँग बराबरीको नतिजा निकालेको छ । सिटी घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । बराबरीसँगै सिटी उपाधि यात्रा कमजोर बनेको छ । सिटीको १४ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिन सफल भएपनि शीर्षस्थमानको लिभरपुलभन्दा ११ अंकले पछि परेको […]

48 views

0 Bookmark

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटीले खेलमा दुईपटक अग्रता लिएर न्युक्यासल युनाइटेडसँग बराबरीको नतिजा निकालेको छ । सिटी घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो ।

बराबरीसँगै सिटी उपाधि यात्रा कमजोर बनेको छ । सिटीको १४ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिन सफल भएपनि शीर्षस्थमानको लिभरपुलभन्दा ११ अंकले पछि परेको छ । एक खेल कम खेलेको लेस्टर सिटीको पनि २९ अंक छ । लेस्टरले आज एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ  । यो खेलमा जित या बराबरीको नतिजाले लेस्टर पुनः दोस्रो स्थानमा फर्कनेछ । बर्नमाउथ १६ अंक जोडेर १२औं स्थानमा छ ।

जेम्स पार्क न्यु क्यासलमा भएको खेलको २२औं मिनेटमा रहिम स्ट्रलिङले कप्तान डेभिड सिल्भाको पासमा गोल गर्दै पाहुना टोली सिटीलाई अग्रता दिलाएका थिए । तर, सिटीको त्यो अग्रता लामो समय टिकेन । २५औं मिनेटमा जेट्रो विलेम्सले बराबरी गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ८२औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । त्यो अग्रत पनि लामो समय टिकेन । ८८औं मिनेटमा लिभरपुलका पूर्व खेलाडी जोन्जो सेल्भेले बराबरी गोल फर्काउदै सिटीसँग अंक खोस्न सफल भए ।

यता, जोसे मोउरिन्होको प्रशिक्षणमा टोटेनहम हस्टपरले लगातार तेस्रो जित निकाल्दा बर्नमाउथमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्यो । यसअघि टोटेनहमले प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडलाई ३–२ ले तथा च्याम्पियन्स लिगमा ओलम्पियाकोसमाथि ४–२ को जित निकालेको थियो ।
टोटेनहमका डेल अलीले दुई तथा मोउसा सिसोकोले एक गोल गरे । बर्नमाउथका ह्यारी विल्सनले दुवै गोल गरेपनि जितको लागि पर्याप्त बनेन । जितसँगै टोटेनहम १४ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ अंकसहित १२औं स्थानमा छ ।

यता, लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेको छ । अघिल्लो खेलम म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएको चेल्सी शनिबार राति वेस्टह्यासँग १–० ले स्तब्ध बनेको हो । दोस्रो हाफमा आरोन क्रेसवेलले गरेको गोल नै चेल्सीको हारमा पर्याप्त बन्यो । हारपछि चेल्सी १४ खेलबाट २६ अंक जोडेर चौथो स्थानमा यथावत छ । वेस्टह्याम १६ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ ।

अन्य नतिजा:

बर्नलीविरुद्ध क्रिस्टल प्यालेस (०–)

साउथह्याम्पटनविरुद्ध वाटफोर्ड (–१)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.