6 years ago
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान चेन्चो ग्याल्जेनको एकमात्र गोलमा १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ भुटानले बंगलादेशमाथि १-० को जित निकालेको छ ।

प्रतियोगिताको पहिलो खेलमा चेन्चोले ६५ औं मिनेटमा गरेको गोल जितका लागि पर्याप्त रहयो । भुटानले यस जितसँगै महत्त्वपूर्ण ३ अंक जोडेको छ । उपाधि जित्ने लक्ष्य राखेको बंगलादेशलाई भने यस हारले फाइनल पुग्ने सम्भावनालाई कठिन बनाएको छ ।
सागअन्तर्गत पुरुष फुटबलमा ५ राष्ट्रको सहभागिता रहेको छ । सुरुवातमा भारतले पनि प्रतिस्पर्धा गर्ने भनेपछि ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको थियो । तर भारतको अनुपस्थितिपछि प्रतियोगिता राउण्ड रोबिन लिगमा खेलाइएको हो । यस निर्णयप्रति श्रीलंका र माल्दिभ्सले आधिकारिक रुपमा विरोध समेत जनाएका थिए ।
आज हुने दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन् । नेपालले भने पहिलो दिन खेल्ने छैन । नेपालले पहिलो खेलमा मंगलबार भुटानको सामना गर्नेछ । त्यस्तै भोली हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स खेल्नेछन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]