default_image

4 years ago

December 5, 2019

रासफोर्ड चम्कँदा मोउरिन्होको टोटेनहम पराजित

एजेन्सी – मार्कुस रासफोर्ड चम्कदा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरलाई पराजित गरेको छ । युनाइटेडले टोटेनहममाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो । युनाइटेडले पछिल्ला चौथो खेलमा जितको स्वाद पाएको हो । ब्राइटनमाति ३–१ को जित निकालेपछि युनाइटेड युरोपा लिगा एस्तानमा सँग २–१ ले पराजित तथा प्रिमियर लिगमा एस्टन भिल्लासँग पराजित भएको […]

59 views

0 Bookmark

एजेन्सी – मार्कुस रासफोर्ड चम्कदा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरलाई पराजित गरेको छ । युनाइटेडले टोटेनहममाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो ।

युनाइटेडले पछिल्ला चौथो खेलमा जितको स्वाद पाएको हो । ब्राइटनमाति ३–१ को जित निकालेपछि युनाइटेड युरोपा लिगा एस्तानमा सँग २–१ ले पराजित तथा प्रिमियर लिगमा एस्टन भिल्लासँग पराजित भएको थियो ।

यता, जोसे मोउरिन्होको प्रशिक्षणमा टोटेनहमले पहिलो हार बेहोरेको छ । मोउरिन्होले आफ्नै पुर्वक्लबविरुद्ध हार बेहोरेका हुन् । उनको प्रशिक्षणमा टोटेनहमले लगातार तीन जित निकालेको थियो । तर, चौथो खेलमा यो सफलता दोहोर्‍याउन सफल भएनन् ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलको छैटौं मिनेटमा माकर्सस रासफोर्डको गोलबाट घरेलु टोली अघि बढेको थियो । ३९औं मिनेटमा डेल अलीले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

४९औं मिनेटमा रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा म्यानचेस्टर विजयी हुन सफल भयो । जितसँगै युनाइटेड १५ खेलबाट २१ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित टोटेनहम २० अंकसहित आठौं स्थानमा छ ।

यो पनि : ‘स्वर्ण जितें, अब विदेश जान्न’ – नेपाललाई सागमा सयौं स्वर्ण दिलाउन सफल सक्षम कार्कीको भोगाई

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.