default_image

6 years ago

December 5, 2019

सावित्रा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनिन्

659 views

0 Bookmark

अर्जुन कार्की ,पोखरा

महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘सम्बा’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन् । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सविरुद्ध गोल गर्दै साम्बारले सर्वाधिक गोलकर्ता बनेकी हुन् ।

उनले माल्दिभ्सविरुद्ध १८ औं मिनेटमा गोल गर्दै अनु लामालाई पछि पारेकी हुन् । सावित्राको त्यो ३६ औं अन्तर्राष्ट्रिय गोल थियो । सोही खेलमा उनले ३७ औं अन्तर्राष्ट्रिय गोल पनि पुरा गरिसकेकी छन् । सावित्राले २२ औं मिनेटमा गोल गरेपछि नेपालले खेलमा २–० को अग्रता लिएको छ ।

नेपाली पुरुष खेलाडीलाई साम्बाले निकै पछाडी छाडेकी छन् । पुरुषतर्फबाट महिला राष्ट्रिय टोलीका वर्तमान मुख्य प्रशिक्षक हरि खड्का र नीराजन रायमाझी सर्वाधिक गोल गर्ने खेलाडी हन् । उनीहरुको समान १३ गोल छ । नीराजनले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानविरुद्ध गोल गर्दै हरिसँग बराबरी गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.