9 years ago
June 24, 2016
ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी कल्ब र रमपम झापा ११ खेल्ने भएका छन्।
तेस्रो क्वाटर फाइनल खेलमा झापाले सुदुर पश्चिमलाई टाइ ब्रेकरमा हरायो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरिमा अन्त्य हुँदा टाइ ब्रेकरमा पुगेको खेल झापा ले ३-१ ले आफ्नो कब्जामा पार्यो ।
पहिलो हाल्फ गोल रहित अन्त्य भए पछी झापाले दोस्रो हाल्फमा ७८ औ मिनेटमा कप्तान सन्जोग राइको गोलामा अग्रता लिए पनि ८७ औ मिनेटमा दिपक राज सिंह ठकुरिको गोलमा अग्रता गुमाए पछी खेलको टुङो टाइ ब्रेकरबाट लाग्यो ।
त्यस्तै अन्तिम क्वाटर फाइनल खेलमा आर्मीले विभागीय डर्बीमा २-० को जित दर्ता गर्दै झापासँग सेमीफाइनलको स्थान तय गर्यो ।
अर्मीले पहिलो हाल्फको इन्जुरी टाइममा अरिक बिस्टको गोलबाट अग्रता लियो भने दोस्रो हाल्फको समय सकिनु भन्दा केहि समय अगाडी दिनेश हेन्जनको गोलमा आफ्नो जित सुनिस्चित गर्यो।
प्रतियोगिताको पहिलो सेमी फाइनलमा लुम्बिनी र संकटा भिड्ने छ भने दोस्रो सेमी फाइनल खेलमा आजको दुइ बिजेता आर्मी र झापा भिड्ने छन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]