6 years ago
December 9, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा भारतविरुद्ध पहिलो हाफमा १-० ले पछाडि परेको छ ।

खेलको १६ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतकी डिफेन्डर स्विटी देवीले ब्लक गरिन् । उक्त ब्लकपछि काउन्टर अट्याकमा दाङमेइ ग्रेसको प्रहारले पोस्टको दिशा लिन सकेन ।
१८ औं मिनेटमा भारतले अग्रता लियो । डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा बालादेवीले गोल गर्दै भारतलाई अगाडि बढाइन् ।

३४ औं मिनेटमा अमृता जैसीको क्रसमा भारतीय गोलरक्षक अदिति चौहानले बल छुटाएपछि सावित्राको क्रसलाई बाला देवीले क्लियर गरिदिइन् ।
४२ औं मिनेटमा पुन: गोलरक्षक एन्जिला र डिफेन्सबीच तालमेल नमिल्दा ग्रेसले खाली पोस्ट रहेको अवस्थामा गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।
खेलको सुरुवाती समयमा नेपालले दवाव कायम गरेपनि पोस्टमा आक्रमण बुन्न सकेन । भारतले नेपालको गल्तीमा अग्रता लिएसँगै दबाब बनाउँदै आएको छ ।
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]