default_image

4 years ago

December 11, 2019

आरबी लेइप्लिज समूह विजेता

एजेन्सी – जर्मन क्लब आरबी लेइप्लिज समूह ‘जी’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । फ्रेन्च क्लब लियोनलाई २–२ गोलको बराबरीमा रोक्दै लेइप्लिज समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।  बराबरीसँगै लेइप्लिजले ६ खेलबाट ११ अंक जोड्यो । समान खेलबाटै लियोनले ८ अंक जोड्यो । […]

19 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब आरबी लेइप्लिज समूह ‘जी’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । फ्रेन्च क्लब लियोनलाई २–२ गोलको बराबरीमा रोक्दै लेइप्लिज समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । 

बराबरीसँगै लेइप्लिजले ६ खेलबाट ११ अंक जोड्यो । समान खेलबाटै लियोनले ८ अंक जोड्यो । पोर्चुगिज क्लब बेन्फिका र रसियन क्लब जेनिथले समान ७–७ अंक जोड्दै समूह चरणबाट बाहिरियो ।

ग्रुपामा स्टेडियम फ्रान्समा भएको खेलमा पाहुना टोलीले नवौं मिनेटमा इमिल फोर्सवर्गको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । ३३आं मिनेटमा टिमा वेर्नरले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाएको थियो ।

घरेलु टोली दोस्रो हाफमा खेलमा फर्कदै अंक खोस्न सफल भयो । ५०औं मिनेटमा होउसिम ओउअरले गोल गर्दै लियोनलाई खेलमा फर्काउने संकेति दिएका थिए । ८५औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

यही समूहको अर्काे खेलमा बेन्फिकाले जेनिथलाई ३–० ले पराजित गरेपनि अघिल्लो चरण पुग्न पर्याप्त बनेन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.