default_image

4 years ago

December 12, 2019

रियल उपविजेता बन्दै नकआउट चरणमा

एजेन्सी – च्याम्पियन्स लिगको सबैभन्दा सफल स्पेनिस क्लब रियल मड्रिडले समूह ‘ए’ बाट उपविजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । बुधबार राति भएको खेलमा रियलले बेल्जियन क्लब ब्रगमाथि ३–१ को जित निकाल्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । रियल रहेको समूहबाट फ्रेन्च क्लब पीएसजीले समूह विजेता बन्दै नकआउट चरणमा […]

40 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको सबैभन्दा सफल स्पेनिस क्लब रियल मड्रिडले समूह ‘ए’ बाट उपविजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । बुधबार राति भएको खेलमा रियलले बेल्जियन क्लब ब्रगमाथि ३–१ को जित निकाल्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।

रियल रहेको समूहबाट फ्रेन्च क्लब पीएसजीले समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । पीएसजीले ६ खेलबाट १६ तथा रियलले समान खेलबाट ११ अंक जोड्यो । ३ अंक जोडेको क्लब ब्रग ३ तथा २ अंक जोडेको गालाटासारेले समूह चरण पार गर्न सकेनन् ।

रियलको जितमा दुई ब्राजिली युवा फरवार्ड रोड्रिगो र भिनिसियस जुनियरले गोल गरे । एक गोल लुका मोड्रिचले थपे । क्लब ब्रगका हान्स भानकेनले एक गोल थपे । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।

५३औं मिनेटमा अल्भेरो ओर्डिजोलाको पासमा रोड्रिगोले गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै क्लब ब्रगका हान्स भानकेनले बराबरी गोल फर्काए । ६४औं मिनेटमा २ ब्राजिली खेलाडीको समन्वयमा रोड्रिगोको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा क्यासमिरोको पासमा मोड्रिचले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.