default_image

4 years ago

December 14, 2019

बार्सिलोनाविरुद्ध नेयमारको मुद्दा

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले स्पेनिस क्लब बार्सिलोना छाडेको २ वर्ष बढी भइसकेको छ । तर, पनि नेयमार र बार्सिलोनालाई जोडेर समय समयमा समाचार आउने गरेका छन् । सिजनको सुरुवातमा नेयमार पुनः बार्सिलोना फर्कने चर्चा थियो । अन्ततः त्यो सफल भएन । अहिले नेयमारले पुरानो हिसाब चुक्ताका लागि भन्दै बार्सिलोनाविरुद्ध मुद्दा दायर गरेका छन् । […]

21 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले स्पेनिस क्लब बार्सिलोना छाडेको २ वर्ष बढी भइसकेको छ । तर, पनि नेयमार र बार्सिलोनालाई जोडेर समय समयमा समाचार आउने गरेका छन् । सिजनको सुरुवातमा नेयमार पुनः बार्सिलोना फर्कने चर्चा थियो । अन्ततः त्यो सफल भएन ।

अहिले नेयमारले पुरानो हिसाब चुक्ताका लागि भन्दै बार्सिलोनाविरुद्ध मुद्दा दायर गरेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जानु अघि आफुले सम्झौता अनुसार रकम र बोनस रकम पाउनु पर्ने भन्दै नेयमारले पूर्व क्लबविरुद्ध मद्दा राखेका हुन् । नेयमारले ३५ लाख युरो पाउने पर्ने माग गरेका हुन् ।

उनी पुनः बार्सिलोना फर्कने चर्चाका बीच यो विषय खासै उठेको थिएन । अहिले नेयमारले फेरि पुरानो रकम पाउनुपर्ने दाबी गरेका छन् । उनले त्यो रकम पाउनुपर्ने नपर्ने विषयमा कुनै निर्णय भएको छैन । त्यसबाहेक पनि बार्सिलोनाबाट बोनस बापत अलग्गै १ लाख युरो पाउने पर्ने दाबी गरेका छन् ।

नेयमार पिएसजी गएदेखि नै त्यहाँ सन्तुष्ट नरहेको उल्लेख गर्दै लगातार समाचार आइरहेका छन् । सिजनको सुरुवातमा बार्सिलोनासँगै उनी रियल म्याड्रिड जान सक्ने चर्चा पनि थियो । सबै सम्भावनालाई अन्त्य गर्दै नेयमार पिएसजीमा नै बसेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.