default_image

9 years ago

June 27, 2016

हाजार्ड चम्किँदा बेल्जियम क्वार्टरफाइनलमा,जर्मनी पनि अन्तिम आठमा

110 views

0 Bookmark

पेरिस (एजेन्सी)- आज बिहानै भएको युरो कपको राउण्ड अफ १६ अन्तर्गतको बेल्जियमले हंगेरीलाई ४-०ले पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको छ । क्वार्टर फाइनलमा बेल्जियमले वेल्सको सामना गर्ने छ ।

hazard

जारी युरो कपको सुरुवाती खेल इटालीसँग २-०ले पराजित हुँदै सुरु गरेको बेल्जियमले तेस्पछीको ३ खेलमा उत्कृष्ट खेलिरहेको छ । आजको खेल मा पनि उत्कृष्ट प्रर्दर्शन गर्दै ४-०को ठुलो जित निकाल्न सफल भएको हो । बेल्जियमले खेलको १०औँ मिनटमानै डिफेन्डर एल्डर्वेर्ल्डको  गोल मार्फत आग्रता लिएको थियो ।

खेल भरीनै उत्कृष्ट खेलेपनी बेल्जियमले अर्को गोलको लागि भने ७८ मिनट सम्म कुर्न पर्‍यो, बेल्जियमको लागि दोस्रो गोल बात्शुआइले गरेका थिए ।   बेल्जियमको लागि तेस्रो गोल हाजार्डले ८०औँ र कारास्कोले ९०औ मिनटमा गरेका थिए । खेलको म्यान अफ द म्यात्च ईडेन हाजार्ड भएका थिए ।

त्यसअघि,आइतबार राती स्लोभाकियालाई ३-० ले हराउँदै विश्वकप विजेता जर्मनी क्वार्टरफाइनल पुगेको थियो । स्पेन र इटालीबीच आज हुने खेलको विजेतासँग जर्मनीले क्वार्टरफाइनल खेल्नेछ । आठौं मिनेटमा जेरोमी बोएटिङको गोलबाट जर्मनीले खेलमा अग्रता लिएको थियो । टोलनी क्रुको कर्नरमा विपक्षी खेलाडीले हेड गरेको बललाइ पेनाल्टी बक्स बाहिर रहेका बोएटिङले वान टचमा गोल गरेका थिए । पहिलो हाफको दुई मिनेट बाँकी रहदा भेट्रान स्ट्राइकर मारियो गोमेजले गोल गरे । जुलियन ड्रयाक्सलरले दिएको पासमा गोमेजले प्रतियोगितामा दोस्रो गोल गरेका हुन् । ६३ औं मिनेटमा ड्रयाक्सलरले गोल गरेपछि जर्मनीको जित सहज बनेको थियो । क्रुसको कर्नरलाई म्याट हुमेल्सले  हेडमार्फत मिलाइदिएपछि ड्रयाक्सलर पोस्ट नजिकबाट भलिमा गोल गरेका थिए । जर्मनीको गोलअन्तर बढ्ने मौका भने मेसुट ओजिलले गुमाए । १४ औं मिनेटमा उनको पेनाल्टीलाई स्लोभाकियाका गोलकिपर माट्स काजाकिकले रोकेका थिए । गोमेजलाई मार्टिन स्कर्टेलले लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.