default_image

4 years ago

December 13, 2019

गोरखामा क्रितिम मैदानका लागि सिलान्यास

काठमाडौं (हाम्रो खेलकुद) – गोरखा नगरपालिको दलभन्ज्याङको द ओसन क्लबले क्रितिम मैदान (एस्ट्रो तर्फ ) तयार पार्ने भएको छ । गण्डकी प्रदेशका सांसद हरिशरण आचार्य र गोखरा नगरपालिकाका मेयर राजनराज पन्तले बिहीबार संयुक्त रुपमा क्रितिम मैदानको सिलान्यास गरे । ४६ मिटर लम्बार २३ मिटर चाडाईको टर्फका लागि ३१ लाख रुपैयाँ भन्दा बढी खर्च हुनु अनुमार […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोरखा नगरपालिको दलभन्ज्याङको द ओसन क्लबले क्रितिम मैदान (एस्ट्रो तर्फ ) तयार पार्ने भएको छ । गण्डकी प्रदेशका सांसद हरिशरण आचार्य र गोखरा नगरपालिकाका मेयर राजनराज पन्तले बिहीबार संयुक्त रुपमा क्रितिम मैदानको सिलान्यास गरे ।

४६ मिटर लम्बार २३ मिटर चाडाईको टर्फका लागि ३१ लाख रुपैयाँ भन्दा बढी खर्च हुनु अनुमार रहेको द ओसन क्लबका अध्यक्ष अमित खत्रीले जनाकारी दिए । मैदान तयार गर्न ८ लाख र टर्फका लागि झन्डै २३ लाख रुपैयाँ खर्च हुने क्लबको अनुमान छ । क्रितिम मैदानका लागि प्रदेशको निर्वाच्न क्षेत्र विकास कार्यक्रमार्फत ८ लाख रुपैयाँ र गोखरा नगरपालिकबाट ७ लाख रुपैयाँ उपलब्ध हुने अध्यक्ष खत्रीले बताए ।

गोरखाकै पालुङटार नगरपालिका मेयर दीपकबाबु कँडेलले २ लाख रुपैयाँ दिने वचन दिनु भएको बताइएको छ । एस्ट्रो तर्फ निर्माण पछि फुटबल प्रशिक्षणका लागि सहज हुने क्लबले विश्वास लिएको छ । विदेशमा रहेका गोरखा जिल्लाका व्यक्तिहरुसँग पनि सहयोग संकलन गरिने बताइएको छ ।

मैदान निर्माण कार्यको व्यवस्थापनका क्लबले नविन पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । मैदान निर्माणका लागि १० हजार रुपैया भन्दा बढी सहयोग गर्ने दाताको नाम स्तम्भमा राख्ने क्लबले तयारी गरेको छ । मैदान निर्माण ४ महिनामा सकिने विश्वास लिइएको छ । गण्डकी प्रदेशका सांसद आचार्य, गोरखा नगरपालिकाका मेयर थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.