default_image

6 years ago

December 20, 2019

उपाधि दावेदार मछिन्द्र र च्यासल भिड्दै

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको बलियो दावेदार सानमिगेल मछिन्द्र क्लब र च्यासल युवा क्लब आमनेसामने हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ ।

लिगको पहिलो चरणमा दुवै टोलीले सहज जित दर्ता गरेका थिए । मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई उद्घाटन खेलमा २-० ले हराएको थियो । च्यासलले कप्तान सन्तोष साहुखलको उत्कृष्ट प्रदर्शनमा संकटालाई २-० ले नै पराजित गरेको थियो । दुवै टोलीले पहिलो खेलमा विदेशी खेलाडी नउतारेपनि प्रभावशाली प्रदर्शन गरे ।

मछिन्द्रका लागि योगेश गुरुङ र दीपक राईले गोल गरेका थिए । मछिन्द्रमा स्टार खेलाडीहरुको भिड रहेकाले प्रशिक्षक प्रवेश कटुवाललाई टोली छनोटमा नै केहि समस्या पर्ने देखिन्छ । यू२३ राष्ट्रिय टोलीका कप्तान सुजल श्रेष्ठ चोटका कारण अझै केहि समय बाहिर रहनेछन् । यस्तो अवस्थामा विदेशी खेलाडी नहुँदा दीपक र युवा फरवार्ड रेजिन सुब्बाले अभिषेक रिजालसँग मिलेर आक्रमण सम्हाल्नेछन् ।

यता च्यासलले पनि पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । गत सिजनको उपविजेतालाई खेलमा पकड बनाउन नदिएको च्यासल सन्तुलित टोलीको रुपमा देखिएको थियो । विदेशी खेलाडी नहुँदा पनि बलियो देखिएको च्यासलले लिगको उपाधिमा दावेदारी देखाएको छ । फरवार्ड सन्तोष ए डिभिजन लिगमा १ सय गोल पुर्याउने संघारमा छन् ।

अर्को खेलमा दिउँसो ३ बजे दशरथ रंगशालामा ललितपुरका दुई टोली ब्रिगेड ब्वाइज र फ्रेन्ड्स खेल्नेछन् । ब्रिगेड ब्वाइज पहिलो खेलमा पराजित भएपछि पहिलो अंक जोड्न संघर्षरत छ । फ्रेन्ड्सले पनि आर्मीसँग २-० को हार बेहोर्दै लिगमा खराब सुरुवात गरेको थियो । दुवै टोली पहिलो अंक जोड्न प्रयासरत हुनेछन् ।

यो पनि पढ्नुहोस : सन्तोष साहुखल १०० लिग गोलको नजिक

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.