9 years ago
June 28, 2016
पेरिस (एजेन्सी) –कमजोर मानिएको आइसल्यान्डसँग इंग्ल्यान्ड युरोपियन च्याम्पियनसिपको प्रि क्वार्टरफाइन्लमा २–१ ले पराजित भएसँगै प्रशिक्षक रोय हड्सनले राजीनामा दिएका छन् ।
च्याम्प्यिनसिपमा भएको खराब प्रदर्शनमा माफी माग्दै उनले पदबाट राजीनामा दिएका छन । उनले इंग्ल्यान्डलाई चाँडै ठूलो प्रतियोगितामा फाइनलमा देख्न पाउने आशा पनि राखेका छन् । यसैपनि उनको सम्झौता युरोपियन च्याम्पियनसिपमा सकिदै थियो । सन् २०१२ मे मा उनी इंग्ल्यान्डको प्रशिक्षक बनेका थिए । ६८ बर्षे हडसनको नेतृत्वमा इंग्ल्यान्डले ५६ खेलमा ३३ खेलमा जितेको थियो । उनको प्रशिक्षणमा इंग्ल्यान्डले ठूला प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकेको छैन । यसपटक वेल्स सम्मिलित समूहका उपविजेताका रुपमा प्रिक्वार्टरफाइनल पुगेको टोली ३ लाख ३० हजार जनसंख्या रहेको आयसल्यान्डसँग स्तब्ध भएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]