default_image

4 years ago

December 24, 2019

अर्को वर्षका लागि ५ जना फिफा रेफ्री र ७ जना एसिस्टेन्ट रेफ्री

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका ५ जनाले फिफा रेफ्री र ७ जनाले फिफा एसिस्टेन्ट रेफ्रीको ब्याच प्राप्त गरेका छन् । जसमा पुरुषतर्फ ४ फिफा रेफ्री र ६ एसिस्टेन्ट रेफ्री छन् । महिलातर्फ १ फिफा रेफ्री र १ एसिस्टेन्ट रेफ्री छन् ।   सन् २०२० का लागि फिफा रेफ्री ब्याच प्राप्त गर्नेमा सुदीशकुमार पाण्डे, नविन्द्र महर्जन, श्रवणकुमार […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका ५ जनाले फिफा रेफ्री र ७ जनाले फिफा एसिस्टेन्ट रेफ्रीको ब्याच प्राप्त गरेका छन् । जसमा पुरुषतर्फ ४ फिफा रेफ्री र ६ एसिस्टेन्ट रेफ्री छन् । महिलातर्फ १ फिफा रेफ्री र १ एसिस्टेन्ट रेफ्री छन् ।

 

सन् २०२० का लागि फिफा रेफ्री ब्याच प्राप्त गर्नेमा सुदीशकुमार पाण्डे, नविन्द्र महर्जन, श्रवणकुमार तामाङ र कविन व्यन्जनकार छन् । महिलातर्फ फिफा रेफ्रीको ब्याच प्राप्त गर्नेमा अष्मिता मानन्धर छिन् ।

फिफा एसिस्टेन्ट रेफ्रीको ब्याच प्राप्त गर्नेमा रोजेन श्रेष्ठ, नानीराम थापा, पदमबहादुर भुजेल, माधव खत्री, युनाल मल्ला, सहदेव श्रेष्ठ छन् । महिलातर्फ विना श्रेष्ठले फिफा एसिस्टेन्ट रेफ्रीको ब्याच प्राप्त गरेकी छिन् । १२ जना नै अहिले पनि सोही भूमिकामा छन् । सबैको अर्को वर्षका लागि नविकरण भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधर, एन्फा रेफ्री समितिका सदस्य बुद्धिबहादुर गुरुङ र सुरेन्द्र सिख्राकारले
मंगलबार ब्याच हस्तान्तरण गरेका थिए । फिफा रेफ्री र फिफा एसिस्टेन्ट रेफ्रीको प्रत्येक वर्ष नविकरण गर्नुपर्ने प्रावधान छ ।

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.