default_image

9 years ago

June 30, 2016

आर्मी ललित स्मृति यु १८ फुटबल च्याम्पियन

121 views

0 Bookmark

काठमाडौँ प्रथम ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । जगदम्बा लुम्बिनी फुटबल क्लबलाई बुधबार ट्राइबेकरमा ३–१ ले हराउँदै आर्मीले उपाधि जितेको हो । त्यो जितसँगै समूह चरणमा लुम्बिनीसँगको हारको बदला लिन आर्मी सफल भएको थियो । त्यो बेला लुम्बिनीले आर्मीलाई ६–० ले हराएको थियो ।

ललित स्मृति यु-१८ उपाधिका साथ आर्मीका खेलाडी ।

ललित स्मृति यु-१८ उपाधिका साथ आर्मीका खेलाडी ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि निर्णयका लागि सिधै पेनाल्टी सुट आउटमा लगिएको थियो ।
लुम्बिनीका मन्दिप थापा, तेजेन्द्र पुनको पेनाल्टीलाई रोक्दै आर्मीका गोलकिपर अर्पण कार्कीीले टोलीको जितको आधार तयार पारेका थिए । त्यस्तै लुम्बिनीका कप्तान जनम मान लिगलको प्रहार बाहिरिएको थियो भने रञ्जित थापा मात्र गोल गर्न सफल भए ।
आर्मीका कप्तान अविशेक रिजाल, प्रिजन तामाङ र दोर्जे तामाङले गोल गरेका थिए । दिनेश हेन्जान र अनोस मगर गोल गर्न असफल रहे ।
लुम्बिनीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा पहिलो संस्करणको उपाधि जित्ने मौका गुमाएको थियो । कप्तान जनममानले छैटौं मिनेटमा गोल गर्दै लुम्बिनीलाई अघि बढाएका थियो । खेल सकिन १५ मिनेट बाँकी रहँदा पेनाल्टी गोलमार्फत आर्मीले खेलमा बराबरी गरेको थियो । लुम्बिनीका खेलाडीले पेनाल्टीमा विपक्षी खेलाडीलाई फाउल हानेपछि आर्मीले पेनाल्टी पाएको थियो । प्रिजनले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा लगेका थिए ।
लुम्बिनीका प्रशिक्षक याम गुरुङले हारको दोष रेफ्रीलाई लगाएका छन् । उनले रेफ्रीले अनावश्यक पेनाल्टी दिएको बताए ।
समूह चरणको नतिजाले टोली दबाबमा रहेको स्वीकार्दै आर्मीका प्रशिक्षक चक्र तामाङले भने, ‘दबाबको असर पहिलो हाफमा देखियो । दोस्रो हाफको बराबरी गोलपछि हामी खेलमा फर्केका थियौं ।’

पेनाल्टीका क्रममा आर्मी (निलो) र लुम्बिनीका खेलाडी ।

पेनाल्टीका क्रममा आर्मी (निलो) र लुम्बिनीका खेलाडी ।

उपाधिसंगै आर्मीले ट्रफी तथा नगद ३ लाख रुपैयाँ प्राप्त गर्यो । लुम्बिनीले एक लाख ५० हजार रुपैया पायो । संकटाका सुशील बस्नेत उत्कृष्ट गोलकिपर, सोही टोलीका दामोदर थापा उत्कृष्ट मिडफिल्डर घोषित भए । आर्मीका तामाङ उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्टसबैले समान १५ हजार रुपैयाँ पाए ।
आर्मी र लुम्बिनीका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब केशब कुमार बिष्ट, एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ,उपाध्यक्षा कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले पुरस्कृत गरे । जेठ १९ गते पूर्नबहाली भएपनि शेर्पा पहिलो पटक एन्फाको औपचारिक कार्यक्रममा सहभागी भएका थिए ।

उत्कृष्ट प्रशिक्षक चुनिएका आर्मीका चक्र तामाङ

उत्कृष्ट प्रशिक्षक चुनिएका आर्मीका चक्र तामाङ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना कार्यबहाक अध्यक्ष स्वर्गिय ललितकृष्ण श्रेष्ठको स्मृतिमा डिभिजन क्लब र अन्य क्लबबीच यु –१८ फुटबल प्रतियोगिता आयोजना गरेको थियो । श्रेष्ठको गत बर्ष जेठ २९ गते करेन्ट लागेर मृत्यु भएको थियो । एन्फाले उनको स्मृतिमा यसपटक जेठ २९ गते नै प्रतियोगिता सुरु गरेको थियो । ए डिभिजनका ८ र राष्ट्रिय लिग खेलेका मोसफलका ४ टोलीगरि १२ टोलीले प्रतिस्पर्धामा भाग लिएका थिए ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.