default_image

10 years ago

September 1, 2015

एन्फाले साधारण सभा रोक्यो

203 views

0 Bookmark

हाम्रो खेलकुद काठमाडौं, भदौ १५ –अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलीका लागि बोलाएको साधारण सभा स्थगित गरेको छ ।

ANFA ExCo Meeting

पुनरावेदन अदालत पाटनको अन्तरिम आदेशपछि साधारण सभा रोकेपनि प्राविधिक कारण वश रोक्नु परेको बताएको छ ।

एन्फाकै दुई उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर सदस्य पंकज नेम्बाङले एन्फाले विधान विपरित साधारण सभा गर्न लागेको र त्यसलाई रोकी पाउँ भनि दिएको निवेदनका आधारमा पुनरावेदनका न्यायाधिश मोहनबहादुर कार्कीको एकल एजलासले मंगलबार साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

विधान बमोजिम साधारण सभाको सुचना ६० दिन अघि साधारण सभाका सहभागीलाई दिनुपर्नेमा उनीहरुको निवेदनमा उल्लेख छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.