default_image

4 years ago

January 2, 2020

जेससको दुई गोलमा सिटीको जित

एजेन्सी – ब्राजिली फरवार्ड ग्याब्रियल जेससको दुई गोल सहयोगले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई पराजित गरेको छ । सिटीले एभर्टनलाई २–१ ले पराजित गरेको हो । इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सबै तीन गोल दोस्रो हाफमा सम्भव हुदा अर्काे ब्राजिली रिचार्लीसनले गोल गरेपनि एभर्टनलाई हारबाट जोगाउन सकेनन् । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा सिटीले […]

29 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड ग्याब्रियल जेससको दुई गोल सहयोगले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई पराजित गरेको छ । सिटीले एभर्टनलाई २–१ ले पराजित गरेको हो ।

इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सबै तीन गोल दोस्रो हाफमा सम्भव हुदा अर्काे ब्राजिली रिचार्लीसनले गोल गरेपनि एभर्टनलाई हारबाट जोगाउन सकेनन् । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा सिटीले खेलको १३औं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता पाएन । फिल फोडेनले गोल गरेपनि उनी अफसाइड ठहरिए ।

खेलमा लगातार एभर्टनलाई दवावमा राखेपनि गोलको लागि ५१औं मिनेट कुर्नुपरेको थियो । इल्केए गुन्डोगानको पासमा जेसलले गोल गर्दै सिटीलाई १–० ले अघि बढाए । ५८औं मिनेटमा रियाद महारेजको पासमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

७१औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काउने संकेत दिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा सिटीले २–१ को जित निकाल्यो ।

जितपछि सिटी ४४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा एभर्टन २५ अंकसहित ११औं स्थानमा रहेको छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा ११ अंकले तथा दोस्रो स्थानको लेस्टर सिटीसँग १ अंकले पछि छ । यद्दपि लिभरपुलले दुई खेल कम खेलेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.