default_image

6 years ago

January 2, 2020

रेलिगेसनबाट उम्कने संघर्ष

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युवा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणसम्म आइपुग्दा अंकको खाता खोल्न सकेको छैन । चौथो खेलमा बिहीबार एपीएफसँग २-१ ले पराजित हुँदा सरस्वतीले दोस्रो हाफको इन्ज्युरी समयमा पहिलो गोल गर्यो । जम्मा ४ खेलमा टोलीले २२ खेलाडी प्रयोग गरिसकेको छ । तर पनि प्रशिक्षक प्रदीप नेपाल रेलिगेसनबाट चिन्तित छैनन् ।

लिगको पहिलो खेलमा एनआरटिसँग ४-० ले पराजित हुँदै सरस्वतीले खराब सुरुवात आत्मसात गर्यो । दोस्रो खेलमा जावलाखेलसँग १-० र तेस्रोमा पुलिससँग २-० ले पराजित भएपछि सरस्वती थप समस्यामा परेको थियो । चौथो खेलमा एपीएफविरुद्धको खेल सरस्वतीका लागि अंकको खाता खोल्ने सुवर्ण अवसर थियो । एपीएफ आफैं पनि रेलिगेसन क्षेत्र वरपर रहेकाले सरस्वती कागजमा पनि खासै कमजोर थिएन ।

तर एपीएफले दोस्रो हाफमा परिवर्तन गरेका खेलाडीको मदतले खेल जित्यो । महत्त्वपूर्ण ३ अंक हासिल गर्यो । यहि ३ अंक सिजनको अन्त्यमा महत्त्वपूर्ण हुने आँकलन गरिएको छ । एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले पनि यस जितसँगै आफ्नो टोलीलाई रेलिगेसनको डरबाट केहि राहत मिलेको स्वीकारे । तुलनात्मक रुपमा एपीएफले लिगमा राम्रो प्रदर्शन गरेपनि नतिजा हासिल गर्न सकेको थिएन । यस जितले भने टोलीलाई आगामी खेलमा सहज हुने प्रशिक्षक तामाङले बताए ।

यता सरस्वतीका प्रशिक्षक नेपाल भने खेलपछि पनि रेलिगेसनबारे अहिले नै सोच्नुपर्ने अवस्था नरहेको बताइरहेका थिए । ‘ भर्खर ४ खेल सकियो । अझै धेरै खेल बाँकी छ । हामीले रेलिगेसनबारे सोच्नुपर्ने अवस्था आएको छैन । अन्य टोलीको पनि १-२ अंक मात्र छ । हामीले केहि खेलपछि माथि आउन सक्छौं,’ उनले भने ।

नेपालले टोलीको आक्रमणमा केहि कमजोरी हुँदा नतिजा ल्याउन नसकेको बताए । ‘हाम्रो अहिले फिनिसिङ कमजोरी देखिएको छ । आजको खेलमा अवसर मिलेको थियो, मात्र त्यसको सदुपयोग हुन सकेन । अब आउने खेलमा त्यसलाई सुधार्नुपर्ने छ,’ उनले थपे, ‘ विदेशी खेलाडी पनि नयाँ वातावरणमा घुलमिल हुन कठिन भएको छ । गर्मी ठाउँबाट आएका उनीहरु यहाँ चिसो रहेकाले केहि मांशपेशीमा समस्या देखिएको हो । अब आउने खेलमा सहज होला भन्ने आशा छ ।’

नेपालले औसत खेलाडीको जमात रहेकाले टोली छनोटमा पनि निरन्तर परिवर्तन भइरहेको बताए । ‘ हाम्रो टोलीमा सबै औसत खेलाडी छन् । उत्कृष्ट खेलाडी नै भनेर छुट्टयाउने अवस्था छैन । त्यसैले खेलाडी परिवर्तन गर्दै खेलाइरहेका छौं,’ उनले थपे ।

सरस्वतीका लागि हालसम्म मात्र ७ खेलाडीले सबै ४ खेलमा सहभागिता जनाएका छन् । तीमध्य ५ खेलाडी मात्र सबै खेलमा सुरुवाती रोजाईमा रहेका छन् । यू-१९ राष्ट्रिय टोलीका मिडफिल्डर मनीष थापा, डिफेन्डर सुसन लामा, मिडफिल्डर दिपेश श्रेष्ठ र डिफेन्डर दीपक भुषालको प्रदर्शनबाहेक अन्य खेलाडी खासै जम्न सकेका छैनन् । यस्तो अवस्थामा विदेशी खेलाडीले पनि प्रभाव पार्न नसक्नु टोलीका लागि थप समस्या निम्त्याउन सक्छ ।

लिगका ठूला टोलीसँग खेल्न बाँकी रहेको अवस्थामा सरस्वतीले रेलिगेसन टार्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ । औसत खेलाडीले भरिएको टोलीमा अनुभवी भन्दापनि भेट्रान खेलाडी रहेका छन् । पछिल्लो खेलमा पुलिसविरुद्ध राजकुमार घिसिङ र एपीएफविरुद्ध कृष्णगोपाल श्रेष्ठ एक हाफ पनि मैदानमा टिक्न नसक्नुले सरस्वतीको समस्या प्रष्ट देखाएको छ । औसत टोलीबाट उचित प्लेइङ ११ छनोट गर्न नै अत्यधिक समय खर्चिसकेको सरस्वतीलाई अब शीर्ष डिभिजनमा बसिरहन सहज भने पक्कै छैन ।

यो पनि : सम्पूर्ण जानकारी : ‘ए’ डिभिजन लिग २०७६

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.